जनताले रविलाई राजनीतिमा प्रवेस गरी प्रधानमन्त्री बनाउने इच्छा देखाएपछि रविले पहिलोपटक गरे यस्तो घोषणा !

काठमाडौं । आफ्नै सहकर्मीलाई देह त्याग दु:रुत्सा:हनको अभियोगमा पक्राउ परेर केही दिन हिरासतमा रहँदा रवि लामिछानेका पक्षमा सडकमा हजारौं मानिस ओर्लिए । उनलाई अनाहकमा फसाइएको तर्क गर्दै हिरासतमा नराख्न दवाव सहित आफुलाई सामाजिक अभियन्ता भन्नेहरु सडकमा गएर नाराजुलुर गर्न पुगे । उनलाई राखिएको चितवनमा एक साता सम्म नाराजुलुस र सभाहरु भैरहे । चितवन प्रहरी कार्यालय अगाडी प्रदर्शन भए ।

चर्चित टेलिभिजन प्रस्तोता लाछिानेले सायद आफै पनि सोचेका थिएनन् होला उनको समर्थनमा यति धेरै मानिस सडकमा उत्रिनेछन् भनेर । हुन त कतिपय यस्ता ब्यक्ति पनि सडकमा रविका पक्षमा देखिन्थे जो रविका नामवाट युट्युवमा आफै भाइरल हुन चाहन्थे । सोसल मिडियामा उत्तेजक अभिब्यक्ति दिएर, अराजक कृयाकलाप गरेर भाइरल हुन खोज्नेहरुको जमात पनि त्यहाँ देखिन्थ्यो । तर पनि उनका नाममा सडकमा आएका हजारौं मासिको मास देखेर रवि लामिछानेलाई केही नयाँ गर्ने नैतिक दवाव परेको छ ।

उनले यहि कुरालाई ध्यानमा राखेर होला सायद यस्तै घोषणा गरेका छन् । उनको फेसवुक स्टाटसमा यस्तै अभिब्यक्ति सहितको छोटो भिडियो पनि सार्वजनिक भएको छ । त्यसमा लामिछानेले चितवनमा भएको आफ्नो समर्थनमा उर्लिएको जनताको विषयमा केही शब्द बोलेका छन् । विदेशमा अलपत्र परेका नेपालीहरुको उद्दार गर्ने, भ्रष्टाचार र अनियमितताका विरुद्ध तत्काल हस्तक्षेप गर्ने उनको कार्यक्रमको शैली अहिले निकै लोकप्रिय भएको छ । रविकै कारण विदेशमा अलपत्र परेका थुप्रै नेपालीहरुको उद्धार भएको छ । उनीहरुले नयाँ जिवन पाएका छन् ।

आ’क्रामक शैलिको उनको टेलिभिजन कार्यक्रमले पारेका प्रभावले अहिले सर्वसाधारणहरु उनी प्रति धेरै आशावादी भएको देखिन्छ । त्यसैले सामाजिक सञ्जाल र उनका पक्षमा भएका आन्दोलनमा पनि अब रविलाई प्रधानमन्त्री भएको देख्न चाहन्छौं भन्नेहरु भेटिए। सामाजिक सञ्जलमा उनलाई प्रधानमन्त्रीमा देख्न चाहनेहरुले समर्थन गर्नुस् भन्दै माहौल निर्माण गर्ने कोशिष भइरहेका छन् ।

उनका नाममा सयौं फेसवुक पेजहरु सकृय छन् । यि सबै कुरालाई ध्यानमा राखेर रवि लामिछानेले भर्खर एउटा घोषणा गरेका छन् । सर्वसाधारणले उनलाई प्रधानमन्त्री भएको देख्न चाहेको बताएपनि उनले तत्कालका लागि राजनीतिका माध्यमवाट भने केही नयाँ गर्न खोजेको होइन भनेका छन् । फेसवुक स्टाटसमा उनले शनिबार आफ्नो फेसबुक वालमा राजनीति अहिले होइन भन्दै अझै केही ‘फरक’ केही ‘विशेष’ गरेर देखाउने प्रतिबद्धता जाहेर गरेका हुन् ।

उनले लेखेका छन् केही समय अघि चितवनमा देखिएको स्वस्फूर्त समर्थन र अकल्पनीय जन उपस्थितिले ठूलो जिम्मेवारी थपिएको महशुस गरे सङै केही गर्ने अठोट र संकल्प गरेको थिए। वाचा पूरा गर्ने त्यो समय आउदैछ। राजनीति त होइन तर आजको राजनीतिलाई यतिकै छोड्नपनि मन छैन। त्यसैले केही फरक गर्दैछौ। प्रतीक्षा गर्नुहोस्।

उनले आफुले के गर्न चाहेको हो भन्ने कुरा भने खुलाएका छैनन् । तर राजनीतिवाट टाढा पनि जान नसकिने उल्लेख गरेका छन् । लामिछानेले राखेको सानो भिडियो क्लीपमा पनि चितवनमा उनका पक्षमा देखिएको जनमासलाई देखाएका छन् । यो भिडियो सार्वजनिक भएपछि उनका समर्थकले बधाई दिएका छन् । भिडियोमा प्रतिकृया दिँदै रविलाई प्रधानमन्त्रीका रुपमा देख्न चाहेको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!