बंगलादेशसँग नेपाल प’राजित, फाइनलको स’म्भावना सकियो’

1 min read

१३औं दक्षिण एशियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपाल बंगलादेश यू–२३ सँग ४४ रनले प’राजित भएको छ। बंगलादेबसँग पराजित भएसँगै फाइनल पुग्न नेपालको सम्भावना टुंगिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको बंगलादेश यू–२३ टोलीले नेपाललाई जितका लागि १५६ रनको लक्ष्य दिएको थियो।

१५६ रनको लक्ष्य पछ्याएको नेपाली टोली २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाउन सक्यो। मध्यम लक्ष्य पछ्याएका नेपालका ब्याट्सम्यानलाई बंगालदेशी बलरले सुरुवातदेखि नै बदाबमा राखेका थिए। चौथो ओभरको तेस्रो बलमा पारस खड्का आउट भएपछि नेपालको लगातार विकेट गुम्यो , पारसले १६ बलमा २ चौकासहित ९ रन बनाएर आउट भए। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४३ रन बनाए ४३ नै बल सामना गरेका उनले ३ चौका र १ छक्का प्रहार गरे।

त्यसपछि उपकप्तान दीपेन्द्रसिंह ऐरीले १३ बलमा १६ रन बनाउनुबाहेक अन्य व्याट्सम्यानले खासै योगदान गर्न सकेनन्। अभिनाश बोहरा र ललित राजवंशीले अन्तिममा १८ रनको साझेदारी गरे। अभिनाश १३ र ललित ५ रनमा नट आउट रहे। बंगलादेशका लागि सोमन खान, तानवीर इस्लाम, सौम्य सरकार र महेदी हसनले २–२ विकेट लिए। बलिङमा नेपालले राम्रै प्रदर्शन गरेको थियो । सुरुमा नेपाली बलरले बंगलादेशलाई निकै दवाबमा राखेका थिए । ३।३ ओभरमा १६ रन ३ विकेट गुमेको थियो।

सुरुवाती तीनै विकेट पारस खड्काले लिएका थिए । ४ ओभर बलिङ गरेका पारसले ३ विकेट लिएर १५ रन दिए। १०।२ ओभरमा ४९ रन बनाउँदा ४ ४ विकेट गुमाईसकेको बंगलादेशका लागि नाज्मुल हसन र अफिफ हसनले ठूलो साझेदारी गरेपछि ठूला स्कोर बनेको हो। नाज्मुल २८ बलमा ५२ रन बनाएर आउट हुँदा र अफिफ ६० बलमा ७५ रन बनाइ नटआउट रहे। नेपालका लागि पारसपछि उपकप्तान दिपेनद्रसिंह ऐरीले २ विकेट लिए। अभिनाश बोहराले १ किवेट लिए।

पहिलो खेलमा श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा भुटानमाथि ज्१४१ रनको नित हात पारेको नेपालले तेस्रो खेलमा माल्दिभ्सलाई ८४ रनले हराएको थियो। साग पुरुष क्रिकेटमा नेपालसहित श्रीलंका–२३, बंगलादेश–२३, माल्दिभ्स,भुटान गरी ५ टोली सहभागी छन्। क्रिकेटका दुई हस्ती भारत र पाकिस्तानले भने साग क्रिकेटमा सहभागिता जनाएका छ्र्र्रैनन्। पहिलो खेलमा श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो।

दोस्रो खेलमा भुटानमाथि रनको नित हात पारेको नेपालले तेस्रो खेलमा माल्दिभ्सलाई ८० रनले हराएको थियो। साग पुरुष क्रिकेटमा नेपालसहित श्रीलंका–२३, बंगलादेश–२३, माल्दिभ्स,भुटान गरी ५ टोली सहभागी छन्। क्रिकेटका दुई हस्ती भारत र पाकिस्तानले भने साग क्रिकेटमा सहभागिता जनाएका छैनन्।

Facebook Comments
error: Content is protected !!