‘पुराना कर्मचारी सबैलाई अब एकैपटक ‘बिदा दिनुपर्छ’ – प्रचण्ड

1 min read

नेपाल कम्युनिस्ट पार्टी नेकपा का वर्तमान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजकल नेता र कर्मचारीबीच ठूलो अन्तरवि’रोध चलिरहेको कुरा बताएका छन् । नेता र कर्मचारीबीचको अन्तरवि’रोधले राजनीतिक परिवर्तनहरु समेत संकटमा परेको उनले बताए । उनले भने, ‘पुरानै मानसिकता बोकेका कर्मचारीका कारण जति राजनीतिक परिवर्तन भएनि देश कहिल्यै सफल हुन सकेन ।

सुदुरपश्चिम प्रदेश पुगेर उनले पुरानो मानसिकता बोकेका कर्मचारीलाई ससम्मान सहित बिदा नदिएसम्म परिवर्तनको महसुस जनताले गर्न नै नपाउने बताए । एउटा सामान्य झिनो कामका लागि पनि स्थायी सरकार को रुपमा मानिने कर्मचारीले तनाव दिने गरेको उनले बताएका छन् । ‘जब नेता कर्मचारीसँग जान्छ, कर्मचारी यो नियम, त्यो विधि भन्दै नेताहरुको दिमाग एकदम खराव बनाउँछ’,

उनले भने, ‘यसरी विकास र समृद्धि कहिल्यै हुँदैन । पुराना कर्मचारीलाई अब ससम्मान बिदा नै दिनुपर्दछ ।’ उनले ठुला–ठुला राजनीतिक परिवर्तन ठुलो तपस्या र बलिदानीबाट आउने तर अन्त्यमा कार्यान्वयन गर्ने कर्मचारीको मानसिकता पुरानै हुँदा सवै राज्यब्यवस्था नै असफल भएको बताए ।-रासस

Facebook Comments
error: Content is protected !!