काठमाडौं। नेपालकी जलपरीको उपनामले परिचित गौरिका सिंहले बिहीबार इतिहार रच्दै पौडमा स्वर्ण जितिन्। उनले २ मिटर फ्रि स्टाइल स्पर्धामा भारतका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेकी थिइन्। साग इतिहासमा पौडीमा व्यक्तिगत स्वर्ण जित्ने गोरिका पहिलो नेपाली खेलाडी बनेकी छन्। व्यक्तिगत स्वर्ण जितेकी गौरिकाले रिले स्पर्धामा काश्य जितिन्।
त्यसपछि सञ्चारकर्मीको आग्रहमा छोटो प्रतिक्रिया दिएकी उनले आफुले जितेको पदक नेपालको भएको बताइन् । र भनिन्, ‘मलाई नेपाली होइनौं भन्छन्, तर म नेपाली हुँ, मैले जितेको पदक नेपालको हो ।’ उनले यो पदक नेपाल प्रति समर्पण गर्नेसमेत बताइन् । गौरिका बेलायतमा बस्दै आएकी छन्। उनी साग शुरु हुनुभन्दा केही दिन अघिमात्र नेपाल आइपुगेकी हुन्।
बेलायतमा रहँदा राम्रो तयारी गरेकाले पनि पौडीमा नेपालले स्वर्ण जित्न सकेको हो। उनले भनिन्, ‘मेरा फ्यान यति धेरै रहेछन् भन्ने आज थाहा भयो, आज मेरो बेस्ट डे रह्यो।’ बेलायतमा जन्मे हुर्केकी र उतै बसोबास गर्ने गौरिकालाई धेरै खेलकर्मी, पदाधिकारी र समर्थकले नेपाली मान्दैनन्। विदेशमा जीवनयापन गर्ने र अवसर लिनका लागि नेपाली पौडीको उपयोग गरेको उनीमाथि आ’रोप छ।
तर, गौरिका आफैं भने आफूलाई नेपाली मान्छिन्। उनको परिवार पनि आफूलाई बेलायती मान्दैनन्। त्यसैले आ’लोचकहरूको त्यो व्यवहारले गौरिकाको किशोर मन साह्रै दुखेको छ। ‘तिमी नेपाली होइनौं’ भन्ने शब्दले उनलाई साह्रै घो’च्ने गर्छ। बिहीबार साग खेल कुदको इतिहासमै पहिलोपटक नेपाललाई व्यक्तिगत पहिलो स्वर्ण जिताए पछि १६ वर्षे यी किशोरीले त्यही दुःख सुनाइन्। आफू नेपाली नै भएको साबिति दिइन्। विदेशी नमान्न अनुनय गरिन्।