सु*साइ*ड नोट अनुसार छोराबुहारी र पेट भित्रकी ७ महिनाकी नातिनीलाई निकालेर एउटै चिहानमा राखिदियौं’

1 min read

काठमाडौं– सेतो कमिज-सुरुवाल। सेतो टोपी अनि सेतै फ्रेम भएको पावरदार चस्मा। निराश अनुहार बोकेर एक वृद्ध बबरमहलबाट लुखुरलुखुर औषधि लिमिटेड नजिकैको वैदेशिक रोजगार बोर्डतर्फ पाइला चालिरहेका छन्। बोर्डको एक तल्लामाथि जान्छन् र कुर्सीमा थचक्क ज्यान बिसाउँछन्। हाँसो गायब भइसकेको उनको अनुहार यताउता चलमलाउँछ। यतिकैमा कसैले प्रश्न तेर्स्याउँछ, ‘बुबाको चाहिँ यहाँ के काम थियो?’

‘खै कसरी भन्नु…?’ यति भनेर फेरि उनी मौन रहन्छन्। मेरो चासो पनि एकाएक उनीतिर तानिन्छ। र, सँगसँगै दिमागमा प्रश्नहरु उम्रन्छन्– को होलान् उनी? वैदेशिक रोजगार बोर्डमा के कामले आए? किन बूढो रुखझैं उदास देखिन्छन् उनी?
म उनीसँग बिस्तारै कुरा गर्न थाल्छु। उनी रहेछन्– हर्कराज लिम्बू। उमेर- ७० वर्ष। घर- मोरङको सुन्दरहरैचा-५। उनी छोराको मृ त्यु भएपछि क्षतिपूर्ति रकमका लागि बोर्ड आएका रहेछन्। वैदेशिक रोजगारीका क्रममा करार अवधिमै ज्या न गुमा एका कामदारका हकवालालाई वैदेशिक रोजगार बोर्डले आर्थिक सहायता उपलब्ध गराउने गर्छ। तीनै जनाको एकैचिहा’न!

–ललितलाई सामुद्रिक छालले लपेटेर लग्यो रे… –सास छालले नै खोसेछ… –ला’स भेटियो रे… एकाबिहानै निकै अपत्यारिलो खबर आयो लिम्बू परिवारमा। त्यो दिन थियो साउन २६ गते आइतबार। त्यो छोरा ललितबहादुरले सधैंझैं पठाउने सुखदु:खको खबर जस्तो थिएन। घर आउँदैछु भनेर खुसीपूर्वक पठाएको सन्देश पनि थिएन। थियो त केवल एक जवान छोराले धर्ती छाडेको मुटु चिरिने खबर।

‘सुरुमा त पत्यारै लागेन, केही समयपछि परिवारमा रुवाबासी चल्न थालिहाल्यो,’ हर्कराज त्यो क्षणलाई एकै वाक्यमा समेट्छन्, ‘छोराको मृ त्युको खबरपछि बुहारी बेहोस् भएर ढलिन्, झन्डै २ घन्टापछि होस खुल्यो।’परिवार र आफन्तहरुको आशा आँसुसँगै बगेर अर्थहीन बनिसकेको थियो। ‘कसले कसलाई सम्झाउने र सबै बेसुरमा थियौं,’ उनी सुनाउँछन्, ‘यो खबरपछि आफ्नै सुरकी भएकी थिई बुहारी। हामीसँग केही बोलिन, पानीसमेत मुखमा हालेकी थिइन।’

परिवार शोकमग्न थियो। सहानुभूति दिने साहस कसैलाई जुटेन। भोलिपल्ट अर्थात् सोमबार बुहारी आफ्नै सुरमा छटपटाइरहेकी थिइन्। कहिले भित्र कहिले बाहिर गर्थिन्। साँझ छिप्पिँदै गएको थियो। बुहारी टीका थापा लिम्बू नुहाउन जान्छु भन्दै बाथरुम छिरिन्। बाथरुम छिरेको केही समयपछि टीकाको माइती चितवनबाट भाइको फोन आयो। ‘दिदीले म अब बाँच्न सक्दिनँ भनेर मलाई मेसेज गरेकी छ, कहाँ छ उसलाई खोजिहाल्नु त,’ अत्तालिएको स्वारमा टीकाका भाइले फोन गर्छन्।लगत्तै बाथरुमको ढोका ढकढक्याउँदा भित्र पानी झरिरहेको आवाजबाहेक केही सुनिएन। केही बेरसम्म ढोका नखुलेपछि ढोका फोडियो। भित्रको दृश्यले अर्को बज्रपात आइलाग्यो- लिम्बू परिवारमा।

जहाँ सलको पा सो लगाएर झु न्डिर हेकी थिइन् टीका। हत्तपत्त पा सो काटेर घरबाट नजिकैको दीक्षित मेडिकल लगियो, त्यहाँ पुर्‍याउँदा टीकाको धुकधुकी बाँकी रहेकाले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइयो। चिकित्सकले घोषणा गरे– टीकालाई बचा उन सकिएन। ‘बुहारी ७ महिनाकी गर्भवती थिइन्, आफ्नो त ख्याल गरिनन्, पेटभित्रको बच्चाको समेत ख्याल नगर्दा पेट बच्चाले पनि संसार देख्न पाएन,’ यतिन्जेल हर्कराजका आँखा लछ्रप्पै भिजिसकेका थिए, ‘बुहारीले केही सोचिनन्, थोरै सोचिदिएको भए मेरो बुहारी र छोराको सन्तान त रहन्थे, अब कोही पनि रहेन।’

टीकाले झु न्डि एर आ त्मह त्या गर्नुअगाडि सुसा इड नो ट लेखेकी थिइन्। जसमा भनिएको थियो, ‘हामी बूढाबूढी सँगै बाच्न नसके पनि सँगै म र्न त सक्छौं। यसमा कसैको दोष छैन। हाम्रो ला सलाई सँगै राखिदिनु।’ टीकाको नोट अनुसार नै कतारबाट ललितको श व नआउन्जेल उनको श व बिपी अस्पतालमै राखियो।

ललितको श व नेपाल आइपुग्दा साउन ३१ गते भइसकेको थियो। सोही दिन अस्पतालबाट टीकाको श वसमेत सुन्दरहरैचा ल्याइयो। ‘बुहारीको नोट अनुसार एकै चिहा नमा छेउछेउमा छोराबुहारी र बीचमा नातिनीलाई राखिदियौं,’ हर्कराजले भने। टीकाको पेटमा ७ महिनाको छोरी रहिछन्। पोस्टमार्टमपछि यो खुलेको थियो। एउटै चिहानमा तीन जनाको अन्त्येष्टि भयो साउन ३२ गते।

उमेरले सात दशक कटेका वृद्ध बाले नै छोराबुहारी र नातिनीको अन्तिम संस्कार गर्नुपर्‍यो। सन्तानको खुसीसँगै रमाउन खोजिरहेका हर्कराज यतिबेला बेचैन छन्। बिर्सन कोसिस त गर्छन् तर कसरी सक्नु! अन्तिम संस्कार गरिसकेर पनि घरीघरी त अपत्यारिलो लाग्छ हर्कराजलाई त्यो घटना अनि आफैंले लगाएको सेतो रङको पहिरन। कहिलेकाहीँ सोच्न बाध्य बनाउँछ– १६ वर्षदेखि समुद्र किनारमै रमाउने बानी परिसकेको मेरो छोरालाई समुद्रले पनि किन नचिनेको होला…केही बेर अडिएपछि उनी शंका गर्छन्, ‘मेरो छोरालाई कसैले समुद्रमा हुत्याइदियो कि?’ उनलाई पत्यार नै लागिरहेको छैन कि समुद्री छालले नै छोरालाई लपेट्यो।‘परदेशको ठाउँमा आँखाले देखिएन, के भन्ने र खै…’ उनी मन बुझाउँछन्, ‘देशमै बसेको भए त यस्तो हुने थिएन, मेरो छोरो सँगै हुन्थ्यो।’

द्वन्द्वकालले उडायो कतार
पुर्ख्यौली थलो धनकुटा रहेका हर्कराजको धनकुटामै विवाह भयो। उनी र श्रीमती हर्करानीबाट ३ छोरा र २ छोरी गरी ५ सन्तान जन्मिए। ‘विवाहपछि नै श्रीमतीको नागरिकता बनेकाले उसको नाम पनि मेरो जस्तै मिलाएर हर्करानी नै राखेको,’ उनी सुनाउँछन्। खान लाउन पुग्नेगरी पुर्ख्यौली सम्पत्ति छँदै थियो। त्यसैले हर्कराजको कुनै पेसा व्यवसाय थिएन। खेतबारीकै सामान्य काममा अल्झिइरहेका थिए।

उनका धेरैजसो साथीहरु ब्रिटिस लाहुरतिर जान्थे। ‘तँ पनि हिँड्’ भनेर कतिले हौस्याउँथे पनि तर उनलाई श्रीमती, छोराछोरी छाडेर कतै जान मन लागेन। ‘परिवारबाट टाढा भएर म त ब्रिटिस लाहुरे बन्न जादिनँ भनेर साथीहरुबाट तर्किन्थेँ। साथीहरुले हुन नसकेको लाहुरे भनेर जिस्काइरहन्थे,’ हर्कराज सुनाउँछन्। धनकुटाको जीवन खुसीसाथ चलिरहेको थियो। सबै छोराछोरी गाउँकै विद्यालयमा पढ्थे। तत्कालीन विद्रोही माओवादीले सुरु गरेको सशस्त्र युद्धको असरले हर्कराजको परिवारलाई पनि छोएको थियो।

घर बस्दा पनि निकै डर थियो। माओवादीले छोराछोरीलाई कहाँबाट कुन बेला जंगल लैजान्छ पत्तो थिएन। द्वन्द्वकालीन समयमा धनकुटामा निकै त्रास बढ्न थालेपछि उनीहरु धनकुटाबाट मोरङ झरेका थिए। ‘धनकुटामा हाम्रो पुर्ख्यौली सम्पत्ति छ, ठाउँ पनि निकै रमाइलो,’ उनी भन्छन्, ‘त्यताको सम्पत्ति पनि बेचेको छैन।’ छोरा ललितले धनकुटामै एसएलसीसम्मको अध्ययन सकाएका थिए।

‘दुई छोरीको विवाह भयो, कान्छो सानै थियो इटहरीमै आएर एसएलसी दिएपछि अहिले घरमै छ,’ उनी पारिवारिक विवरण सुनाउँछन्, ‘जेठा छोरा पनि खेतबारीकै काम गर्छ। डरैडरमा द्वन्द्वकाल गुजारे पनि परदेश मोह भएका। ऊ यहीँ छ।’
हर्कराजका माइला छोरा ललित भने द्वन्द्वकालको त्रासमा बस्न नसक्ने भएका थिए। अन्तत: देशमा बस्न नसकेपछि कतार उडे उनी। ‘त्यही द्वन्द्वकालले गर्दा मेरो छोरो कतार हिँड्यो, १७ वर्षको कलिलै उमेरमा,’ हर्कराज छोराको सम्झनामा विगततिर फर्कन्छन्।

छोराको सपना, बुहारीको चाहना
झन्डै १४ वर्षअघि कतार गएका ललित कहिलेकाहीँ बिदा मिलाएर घर फर्कन्थे। परिवारसँग भेटघाट गर्थे। रमाउँथे। घरबाट कहिल्यै टाढा नपुगेका हर्कराजलाई लाग्थ्यो, छोरो पनि सँगै बसोस् र यहीँ कर्म गरोस्। तर, ललितलाई त्यही खाडीको समुद्र र भव्य सहरले लोभ्याएको हुँदो हो, उनी बिदा सकेर कतार नै फर्कन्थे। रोजगारीकै क्रममा कतार पुगेकी चितवनकी टीकाकुमारी थापा र ललितको कतारमै भेट भएको थियो। दुवैको मन मिलेपछि केही वर्षदेखि उनीहरु प्रेम सम्बन्धमा थिए। परिवारकै सल्लाहमा सोही प्रेम सम्बन्ध दुई वर्षअघि मात्रै विवाहमा परिणत भएको थियो। ‘छोराले कतारबाट आउँदा बुहारी ल्याएर आएको थियो, हामीले खुसी भएर टीकालाई बुहारीको रुपमा स्विकार गरेका थियौं,’ हर्कराज भन्छन्।

हर्कराजको घर
ललित भन्थे, ‘काम राम्रो छ। सजिलो पनि छ। केही वर्ष कमाएर आउछौं। त्यसपछि धरानमा घर बनाएर बस्नुपर्छ।’ परिवारलाई यस्तै सुन्दर सपना देखाएर उनी फेरि उडेका थिए समुद्रको देश। उनी कतारस्थित अरेबियन टेक्निकल पेट्रोलियम सर्भिसमा जनरल मेनेजरका रुपमा कार्यरत थिए। टीकाको काम पनि राम्रै थियो। कतार पुगेको डेढ वर्षपछि गर्भवती अवस्थामा उनी भने नेपाल फर्किएकी थिइन्। धरानमा घर बनाउन सुरु गरिएको थियो। तर, दसैंमा घर फर्किएपछि धरानको घरमा सर्नुपर्छ भनेका ललित परदेशमै अस्ताए। ललितको मृ त्युले विक्षिप्त बनेकी टीका ललितसँगै बाँच्न नपाएकाले सँगै म र्न तयार भइन्।

‘न त छोरा रह्यो न बुहारी नै, उसलाई उता समुद्रले निल्यो, यता बुहारी भने…’ हर्कराज वाक्य पूरा गर्न सक्दैनन्।धरानमा बन्दै गरेको ललितको सपनाको घर र बुहारीको सुसाइड नोटले बेलाबेला उनलाई झस्काइरहन्छ। ‘घर पूरै तयार भइसक्यो, अब रङरोगन गर्न बाँकी छ,’ भन्छन्, ‘छोराबुहारी नै नरहेपछि त्यो घर मात्रै के भएर के गर्नु?’बुहारीले सु सा इड नोटमा ललितका भाइलाई सम्बोधन गर्दै लेखेकी थिइन्, धरानको घर ललितको ठूलो सपना हो। बाबा, ममीलाई राखिदिनु।सायद हर्कराज बुहारीको इच्छा र छोराको सपना मार्न चाहन्नन्। एकैछिन सोचेर भन्छन्, ‘छोराको पसिनाको कमाइ, सपनाको घर उपहार सम्झिएर अब हामी त्यहीँ सर्छौं होला।’ हर्कराजले बोर्डबाट आर्थिक सहायता स्वरुप ७ लाख रुपैयाँ लिएका छन्।
(निर्मला घिमिरेले नेपाल लाइभमा लेखेको यो सामग्री हामीले साभार गरेका हौ)

Facebook Comments
error: Content is protected !!