१३ औं साग : आज विभिन्न १६ खेलमा प्र’तिस्प’र्धा हुँदै

काठमाडाैँ, १८ मंसिर । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को चौंथो दिन आज बुधबार विभिन्न १६ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागको चौंथो दिन काठमाडौं र पोखरा गरि कुल १६ खेलको प्रतिस्पर्धा हुनेछ । सागमा बुधबार एथ्लेटिक्स, ब्याडमिन्टन, क्रिकेट, साइक्लिङ, फुटबल, गल्फ, कराते, खो खो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो,ट्रायथोलन, टेनिस, कब्बडी , ह्यान्डबल र उसुको प्रतिस्पर्धा हुनेछ ।

जसमा ब्या’डमिन्टन, महिला क्रिकेट, ट्रायथलन र ह्या’न्डबल पोखरामा हुन्छ । अन्य खेल काठमाडौंमा हुनेछ । पुरुष फुटबलमा नेपालले श्रीलंकाको सामना गर्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा नेपालले साँझ ५ बजे श्रीलंकासँग भिड्नेछ । साग क्रिकेट अन्तर्गत महिलातर्फ बुधबार नेपालले टेष्ट राष्ट्र बंगलादेशसँग खेल्दै छ । पोखरा रंगशालामा हुने खेल बिहान १० बजे हुनेछ । महिलातर्फको अर्को खेलमा श्रीलंका र माल्दिभ्सबीच खेल हुनेछ । बुधबार नेपालले करातेमा ४ स्वर्णको लागि प्रतिस्पर्धा गर्नेछ ।

यसैगरी उसुमा बुधबार नेपालले दुई स्वर्णको लागि प्रतिस्पर्धा गर्दैछ । नेपालको पुरुषतर्फ दुई खेल रहेको छ । मंगलबारबाट सुरु भएको सुटिङतर्फ विभिन्न खेलहरु हुँदैछ । सातदोबाटोस्थित सुटिङ हलमा बुधबार विभिन्न स्प’र्धामा खेलहरु हुनेछ । खो खोको महिलातर्फको उपाधिका लागि नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!