तीन वर्ष पूरा भयो मैले एकल जीवन बिताएको । २०७३ सालको मंसिरमा मैले मेरी जीवनसंगिनीलाई स’दाका लागि गु’माएँ । जुन महिनामा बिहेको सबभन्दा बढी लगन परेको हुन्छ, त्यही महिनामा मचाहिँ आफ्नी प्रियसीसँग बिछोडिएको थिएँ। त्यसयताका यी तीन वर्ष कसरी बिताइयो, त्यसको हिसाब गर्ने बल मसित छैन। सम्झँदा कुनै दुःस्वप्नमा बाँचिरहेको छु कि जस्तो लाग्छ।
जिन्दगी जसरी पनि बिताउन सकिन्छ । तर, यो लोकाचार भन्ने चीज बडो अप्ठेरो हुँदो रहेछ । बितेका यी तीन वर्षमा मैले राम्ररी जान्ने मौका पाएँ । एकजना चिनजानका साथी विदेशतिर बस्थ्यो । उसले हरेक दिन आफ्नी श्रीमतीलाई फोन गरेर गाली गर्दोरहेछ । भन्दो रहेछ, ‘स्वास्नी म’रेका राँडाखुँडाहरू छन् क्यारे, त्यतै लठारिएर बसेकी होलिस् नि ?’ दिदीबहिनीको समूह हुँदै यो कुरा मेरा कानमा जुन दिन परे, मलाई धेरै दिनसम्म ऐठन परेजस्तो भएँ।
पछि त्यो साथी घरमा आयो। ऊ आएपछि हरेक दिन त्यो घरमा झ’गडा हुन थाल्यो। उसले स्वास्नी र आफ्ना तीन छोराछोरीलाई नि’र्घात कु’टपिट गर्न था’ल्यो। ‘ना’ठो’ भन्ने शब्द हरेकपटकको झ’गडामा त्यसले आफ्नो मु’खमा ल्यायो। त्यो श’ब्द कसका प्रति लक्षित थियो भन्ने यकिन नभए पनि मैले आफूलाई नै भनेको ठानें। दुई–तीनपटक त साथी प्रहरी चौकीमा पनि पुग्यो । एकाधपटक हिरासतमा पनि बस्यो। तर, उसको झ’गडा र हा’तपात गर्ने बा’नी कहिल्यै गएन । अहिले पनि अति भएपछि कहिलेकाहीँ स्वा’स्नीचाहिँले प्र’तिकार गर्छे ।
त्यसपछि उसको स्वरले पूरै टोल थर्किन्छ, ‘ना’ठाको बल पाएर मलाई हात फर्काउने भइस् तँ ?’ एकपटक हैन, पटक–पटक उसले यही वा’क्य दोहोर्याएर टोल उचाल्छ । मेरै नाम नलिए तापनि उसले सुनाएको मलाई नै हो भन्ने आभासले मलाई रा’तभर निद्रा लाग्न दिँदैन। कता–कता दिदीबहिनीहरूसँग बोल्न पनि एकप्रकारको हीनताबोध, ल’ज्जाबो’ध अथवा अ’पराधबो’ध हुन थालेको छ। नवपरिचित हरेक साथीहरू घरठेगाना सोध्दै जाँदा ‘म्याडमले के गर्नुहुन्छ नि ?’ भन्ने प्रश्नमा आएर रोकिन्छन् ।
म एकछिन मौन हुन्छु र आफूसितै बिछोडिएको आफ्नो जिन्दगीको साँचो कथा सुनाउँछु । ‘बिहे त गर्नुपर्छ’ उनीहरू भन्छन् । अझ आ’त्मीय बनेका साथीहरू त बीच बजार, चोक या सेवाग्राहीको भी’ड लागेको कार्यालय या पसल पनि भन्दैनन् । उनीहरूले चर्को स्वरमा सुझाव दिन्छन्, ‘बिहे त जसरी पनि गर्नुपर्छ दोस्त । बैंस छउन्जेल त यसोउसो पैसा खर्च गरेर पनि किन्न पाइन्छ, बुढेस कालका लागि त स्वास्नी नै चाहिन्छ ।’ उनीहरूको कुरा सुन्दा यस्तो लाग्छ, श्रीमती नहुनेहरूले आफ््नो शा’रीरिक आ’वश्यकता यसरी नै पूरा गरिरहेका छन् ।
अनि कल्पना गर्छु, के दुनियाँका सबै मानिसले एकल पुरुषलाई यसरी नै हेरेका हुन्छन् ? प्रायः सुनिन्छ, श्री’मान् म’रेको स्वास्नीमा’न्छे जीवनभर दोस्रो बिहे नगरेर बस्न सक्छन् तर लोग्नेमा’न्छेले त श्रीमती म’रेको वर्ष दिन नपुग्दै अर्को बिहे गर्न सक्छ। म आफैंले भोगेको अनुभव कस्तो रहृयो भने, दोस्रो बिहे गर्नु त्यति सजिलो छैन लोग्नेमान्छेलाई पनि। अझ म’जस्तो बहकाउ प्रा’णीलाई त झनै सकस छ। बिहेको कल्पनाभन्दा त्यसपछि आउने परिणाम सोचेर नै दि’माग ख’राब भइदिन्छ।
जस्तो, मेरो हकमा हुर्किँदै गरेका दुई छोराहरू छन्। श्रीमतीको रूपमा यी छोराहरूलाई आफ्नै सम्झेर स्नेह गर्ने मान्छे आइन् भने त ठीकै होला तर त्यस विपरीत भइदियो भने के होला ? मानौं, एकदमै स्नेही महिला हाम्रो परिवारमा आइन् रे ! तर, छोराहरूले सौतेनी आमा त हो नि भन्ने आग्रह सधैं मनमा पाले भने के होला ? मुटुका टुक्राजस्ता मेरा छोराहरू मैबाट टाढिए भने के होला ? श्रीमती गु’माएर दुवै हा’तवि’हीनजस्तो बनेको मजस्तो भा’वुक जीवले फेरि छोराहरू गुमाउनुको पीडा कसरी सहन सक्ला ?
यस्ता अनेकन प्रश्न जेलिएका छन् जसलाई सुल्झाउने उपक्रममा बिहे भन्ने शब्द नै विरानो बन्दै जाँदोरहेछ। पहिले–पहिले हरेक पाइलामा महसुस गर्ने ठक्कर अहिले केही कम भएको छ। असमयमै श्रीमती गुमाउनुको क्षतिपूर्ति त कसरी पो हुन सक्छ र ? उकुच पल्टेको घाउजस्तो बन्दै जाँदोरहेछ यो पी’डा । झन्पछि झन् असहृय भएर दुख्ने । जब–जब आफ्नी प्रि’यसीको अनुहार सम्झन्छु तब–तब छातीको गहिरो चो’ट भर्खरै लागेजस्तै दुख्छ। कतिले तीन वर्ष भइसक्यो भन्दै सान्त्वना दिने प्रयास गर्दा मेरो मनले चाहिँ भर्खर त तीन वर्ष पुगेको छ भन्ने सोच्छ।
कतै पिकनिक या कार्यक्रमहरूमा जाँदा युगल जोडीहरूले फोटो खिचिदिन माग्छन्। अझ खुबै फोटोग्राफीको रहरले किनेको डिजिटल क्यामेरा त मेरा लागि घाँडो नै बनेको थियो। एक समय त यो सेमिप्रोफेसनल क्यामेरालाई बेच्ने निर्णयमा पुगेको पनि थिएँ । उनीहरूले मेरो एकल अवस्थाको मनोदशा कल्पना गर्ने कुरै भएन। गर्न पनि नपरोस् । तर, सुरु–सुरुमा उनीहरूले एकअर्कामा टाँ’स्सिएर फोटो खिचिदेऊ भन्दा मलाई गि’ज्याए कि भन्ने लाग्थ्यो । त्यो पी’डा पनि अब कम हुँदै गएको छ।
एकल पुरुष बनेर समाजमा लोकलाजबिना जिउन सास्ती नै छ। अनैतिकताको हिलोमा डुबिरहेको समाजमा पनि हरेक पाइलामा नैतिकताको कसीमा उभिएर जवाफदेही हुनुपर्छ। आफू असल हुनुको प्रमाण चोक–चोकमा पेस गर्नुपर्छ। कहिलेकाहीँ बिरामी परेर ओछ्यानमा पर्नुपर्दा कता–कता एक्लो महसुस हुनेगर्छ। आफैं पानी तताएर पिउनसम्म नसक्ने अवस्थामा हुँदा बिहेको अथवा लो’ग्नेस्वा’स्नी हुनुको अर्थ बोध हुन्छ । अझ खाना पकाउने काम त हरेक लोग्नेमान्छेको कमजोरी नै हो क्या र ! तर, दुःखमा मात्र श्रीमतीको अस्तित्व स्वीकार गर्ने रो’गबाट म मुक्त छु।
उमेरको आधा बाटोमा अड्तीस वर्षे जीवन घिसारिरहँदा बिहे अब मेरा लागि कुनै सुखद कल्पना रहेन । गृहस्थ हुनुको सम्पूर्ण अवस्था भोगिसकेपछि त्यसको मोह पनि अब कतै बाँकी छैन । अब त यस्तो लाग्छ, यो उमेरमा आएर बिहे भन्ने लोकाचार गरे पनि सुख छैन, नगरे पनि सुख छैन। अथवा जसरी पनि दुःख छ। जे गरे फनि दुःख छ। -जेबी दर्लामी/कान्तिपुर