क’र्मचारीलाई पे’न्सन दिन पनि वि’देशी अ’नुदान मा’ग्नुपर्ने अ’वस्था आउन स’क्छ : मन्त्री त्रिपाठी

1 min read

काठमाण्डौ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृ.दयश त्रिपाठीले निजामती सेवा ऐनमा विचार नपुर्‍याए अबको १८ वर्षपछि कर्मचारीलाई (पेन्सन) दिनसमेत विदेशी अनुदान माग्नुपर्ने अवस्था आउने बताउनुभएको छ।अहिलेको अवस्था , चुनौती र संविधानलाई ध्यानमा राखेर निजामती सेवा ऐन नल्याए सरकारले पेन्सन दिन पनि विदेशी अनुदान माग्नुपर्ने दिन आउने उहाँले बताउनुभयो । सोमबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा मन्त्री त्रिपाठीले कर्मचारीको समायोजनामा देखिएका त्रुटिलाई समेत सच्याउनुपर्ने बताउनुभयो ।

उहाँले कर्मचारीको मू.ल्याङ्कन गर्दा महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख गरिएका विषयलाई पनि हेर्नुपर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले काम गर्ने व्यक्ति र नगर्नेलाई समान व्यवहार गर्न नहुने भन्दै सकारात्मक विभेद हुनेगरी विधेयक ल्याउनुपर्ने समेत बताउनुभयो । त्यस्तै विधेयकमा व्यक्तिलाई दण्डित गर्न सरुवा गर्ने पद्धतिले आयोजना वा संस्था नै दण्डित हुने अवस्था आउने गरेको भन्दै त्यसलाई कम गर्नसमेत विधेयक समेटिनु पर्ने बताउनुभयो ।छलफलमा मन्त्री त्रिपाठीले विधेयकमा समितिले यसअघि जुटाएका सहमतिमा संसद र सर्वोच्च अदालतको आदेशको ख्याल गर्दै स्वीकार गर्ने बताउनुभयो ।

उहाँले सँधै एउटै सरकार रहन्छ भन्ने भा.वनाले विधेयक ल्याउँदा नयाँ सरकार आउनेबित्तिकै संशोधन हुने अवस्था आउने गरेको उल्लेख गर्दै कुनै पनि ऐन, विधेयकलाई प्रयोग गर्ने स्थितिमा ल्याउन नहुने बताउनुभयो ।मन्त्री त्रिपाठीले कर्मचारीको उमेर हद कहिले ५८ र कहिले ६० बनाइएकोले विधेयक पटक पटक संशोधन हुनुले संसदको प्रभावकारितामाथि प्रश्न उठ्ने भन्दै गहन छलफल आवश्यक रहेको समेत बताउनुभयो। ।

Facebook Comments Box
error: Content is protected !!