करातेमा नेपालले पहिलो दिन जि’त्यो ७ स्वर्ण

काठमाडौं, मंसिर १६ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को करातेमा नेपालले पहिलो दिन ७ ओटा स्व’र्णपदक जि’तेको छ ।पहिलो दिन ९ स्व’र्णपदकका लागि भएको भिडन्तमा नेपालले ७ स्वर्ण र दुई रजतपदक जितेको हो ।सोमबार मण्डेकाजी श्रेष्ठले दुईओटा स्वर्णपदक जित्न सफल भएका छन् । मण्डेले एकल र टिममा गरी दुई स्वर्णपदक जितेका हुन् ।

अनु अधिकारी, कुसुम खड्का, विप्लवलाल श्रेष्ठ, लक्ष्मण तामाङ, महिला र पुरुषको टिम इभेन्टमा नेपालले स्वर्णपदक जितेको हो ।अनुले कुमुतेको ५० केजीमुनि समूहमा श्रीलंकाकी खेलाडीलाई फाइनलमा ८–० ले हराउँदै स्वर्णपदक जितेकी हुन् । कुसुमले कुमुतेको ४५ केजीमुनि तौल समूहमा बंगलादेशकी खेलाडीलाई पराजित गर्दै स्वर्णपदक जितेकी हुन् । विप्लवले ८४ केजी तौल समूहमा स्वर्ण जितेका हुन् । कुमुतेको ५५ केजीमुनि तौल समूहमा लक्ष्मण तामाङले स्वर्णपदक जिते । स्व

र्ण भिडन्तमा लक्ष्मणले बंगलादेशका खेलाडी मोहम्मद मुस्तफालाई १–० ले हराए ।व्यक्तिगत पुरुष एकल कातामा मण्डेकाजी श्रेष्ठले स्वर्णपदक जितेका छन् । मण्डेले स्वर्ण भिडन्तमा पाकिस्तानका निएमातुल्हालाई पराजित गरेका हुन् । त्यस्तै, महिला टिम कातामा नेपालले स्वर्ण जित्नेक्रममा पाकिस्तानलाई हरायो । निर्मला तामाङ, संगीता मगर र सरू कार्कीको टिमले स्वर्ण जितेको हो ।

त्यस्तै, पुरुष टिम कातामा पनि नेपालले स्वर्णपदक जितेको छ । मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविण मानन्धरको टिमले श्रीलंकालाई पछाडि पार्दै स्वर्ण जितेको हो । यस्तै, चञ्चला दनुवारले एकल कातातर्फ र सिनियर पुरुषको एकल कुमुतेमा दिवस श्रेष्ठले रजतपदक जिते । आइतबार औपचारिकरुपमा उद्घाटन भएको १३औं सागको करातेका खेलहरु सोमबारदेखि सुरु भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *