११ लाखका सिक्का लिएर बिजुलीको बिल तिर्न पुगेपछि

1 min read

एजेन्सी– भारतमा एक जना बिजुलीको बिल तिर्नका लागि सिक्कै सिक्काले भरिएको थैलो लिएर विद्युत् कार्यालय पुगेका छन् । यो भारतको हाथरस भन्ने ठाउँको चिलर प्लान्टमा तिर्नु पर्ने विद्युत् महसुलको कुरा हो । त्यहाँ ती युवाले ११ लाख बक्यौता तिर्नु पर्ने रहेछ । त्यसैले उनी एउटा थैलोमा सिक्का मात्र लिएर विद्युत् कार्यालय पुगे ।

सहरको चर्चित चिलर प्लान्टले पैसा नतिरेको थुप्रै समय भएको रहेछ । तर, विद्युत् कार्यालयले उनको पैसा लिन मानेन । चिलर प्लान्टका म्यानेजरले चाहिँ आफ्नोमा दूध र बर्फ बेच्दा सिक्का मात्र आउने भएकाले त्यही पैसा तिर्न खोजिएको बताएका छन् । उनले सिक्काबाट नै सबै पार्टीलाई अहिलेसम्म भुक्तानी गर्दै आएको बताएका छन् । यसअघि पनि विद्युत् कार्यालयले सिक्कामात्र दिँदा भुक्तानी नलिएको उनले बताएका छन् ।

Facebook Comments
error: Content is protected !!