उज्यालो नायक,कुलमानको फेरी अर्को कमाल : विद्युतीय चुल्हो खरीदमा अनुदान दिने तयारी

1 min read

काठमाडौँ । तीन वर्ष पहिले हरेक हप्ता नेपाल विद्युत् प्राधिकरणले विद्युत्भार कटौतीको नयाँ–नयाँ सूचना सार्वजनिक गथ्र्यो । मुलुकको आर्थिक अवस्था चौपट थियो । आम नागरिकले विद्युत् आउने समयका आधारमा नै आफ्नो काम कार वाहीको योजना बनाउँथे । मोबाइल फोन चार्ज गर्नेदेखि, पानी तान्ने, टिभी हेर्ने वा अन्य कामसमेत प्राधिकरणको तालिकामा निर्भर हुन्थ्यो ।

हिउँद् लागेपछि आउने त्यस्ता सूचनाले नागरिकलाई हैरान मात्रै बनाएको थिएन, सरकारको समेत टाउको दुखाइको विषय बनेको थियो । पेट्रोलियम पदार्थको खरीदसमेत बढेको थियो। सरकारले दुःख गरेर जम्मा पारेको वैदेशिक मुद्रासमेत पेट्रोलियम पदार्थको खरी दमा विदेश पठाउन बाध्य भएको थियो । यतिखेर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको अर्को टाउको दुखाइ शुरु भएको छ ।

त्यो भनेको प्रणालीमा उपलब्ध विद्युत्को खपत कसरी बढाउने । विद्युत्को खपत बढाउनका लागि केही न केही गर्नैपर्ने बाध्यतामा मन्त्रालय पुगेको छ । विद्युत् खपत बढाउने लक्ष्यका साथ मन्त्रा लय पछिल्लो दिनमा निर न्तर संवादमा छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन सरोकार भएका निकाय तथा व्यक्तिसँग विद्युत् खपत बढाउने योजनाका साथ संवाद शुरु भएको र त्यसले शीघ्र सार्थक रूप पाउने बताउनु हुन्छ ।

शहरिया र शहरोन्मुख क्षेत्रका नागरिकको खाना पकाउने प्रमुख साधनको रुपमा एलपी ग्यास रहेको छ । त्यसलाई विस्थापन गर्ने प्रमुख साधनको रुपमा विद्युतीय चुल्हो रहेको छ । नीतिगत रूपमा नै प्रष्ट व्यवस्था नगर्दासम्म विद्युतीय चुल्होमा नागरिकको आकर्षण नहुने भएकाले अनुदान उपलब्ध गराउनेतर्फ मन्त्रालय लागेको छ । मन्त्रालयले विद्युतीय चुल्होमा ५० प्रतिशतसम्म अनुदान दिन अर्थ मन्त्रालयलाई आग्रह गरेको छ ।

शहरिया उपभोक्तालाई विशेषगरी केन्द्रमा राखेर विद्युतीय चुल्होमा अनुदान दिने लक्ष्यका साथ उक्त प्रस्ताव गरिएको मन्त्री पुनको भनाइ छ। हाल प्राधिकरणको प्रणालीमा एक हजार २२५ मेगावाट विद्युत् उपलब्ध छ। चालू आर्थिक वर्षको अन्त्यसम्म प्रणालीमा थप एक हजार मेगावाट विद्युत् थप हुँदैछ । विद्युत् व्यापारका लागि क्षेत्रीय बजारको समेत खोजी गरिरहेको सरकारले आन्तरिक रूपमा नै विद्युत् खपत बढाउनेतर्फ पनि उत्तिकै पहलकदमी लिएको छ ।

सामान्यतया ५०० मेगावाट विद्युत् थप हुँदा कूल गार्हस्थ्य उत्पादनमा एक प्रतिशत योगदान बढ्छ । चालू आवको अन्त्यसम्म थपिने एक हजार मेगावाटले कूल गार्हस्थ्य उत्पादनमा दुई प्रतिशतको सहजै योगदान हुनेछ। औद्योगिक क्षेत्रको उतपादन क्षमता बढाउनेदेखि रोजगारीको अवसरमा समेत वृद्धि हुन जान्छ । यसलाई ध्यान दिएर नै विद्युत् खपत बढाउने लक्ष्यका साथ आ’क्रामक रूपमा प्रवद्र्धनात्मक कार्यक्रम अगाडि सारिएको मन्त्री पुनले राससलाई जानकारी दिनुभयो ।

मन्त्रालयले तय गरेको योजना अनुसार चालु आवको अन्त्यसम्म प्राधिकरणको सहायक कम्पनी माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले निर्माण गरिरहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन शुरु हुनेछ। यस्तै १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना र साञ्जेनका दुई आयोजना निर्माण सम्पन्न हुनेछन् । माथिल्लो साञ्जेन १४.८ मेगावाट र ४२.५ मेगावाट रहेको छ ।

‘गोरखा भू’कम्प’ र बाढी पहिरोका कारण लामो समयदेखि ब’न्द भएको ४५ मेगावाट क्षमताको भोटेकोशी जल विद्युत् आयोजना समेत केही समयभित्रै पुनः सञ्चालनमा आउँदै छ । यस्तै निजी क्षेत्रले निर्माणमा रहेका तीन हजार मेगावाट क्षमताका आयोजना मध्ये करीब एक दर्जन आयोजना चालु आवमा नै सकिँदैछ । यस्तै आगामी असारदेखि हिमाल पावरले सञ्चालन गरिरहेको ६० मेगावाट क्षमताको खिम्ती जलविद्युत् आयोजनाको ५० प्रतिशत विद्युत् प्राधिकरणले निःशुल्क पाउँदैछ ।

त्यसले आन्तरिकरूपमा विद्युत् खपतका लागि सरकार र प्राधिकरणलाई दबाब दिइरहेको छ । प्राधिकरणले विद्युत् खपत बढाउनका लागि सवस्टेशनको क्षमता वृद्धि गर्नेदेखि ट्रान्सफर्मरको क्षमता वृद्धिसम्मको काम गरिसकेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण, वितरण प्रणालीदेखि सवस्टेशनको क्षमता वृद्धिसम्मको काम भइरहेको जानकारी दिनुभयो ।

यस्तै प्राधिकरणले विद्युत् खपत बढाउनका लागि विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन निर्माणको प्रक्रियासमेत अगाडि बढाएको छ । काठमाडौँ उपत्यका भित्र र प्रमुख राजमार्गमा त्यस्ता स्टेशन निर्माणको प्रक्रिया शुरु भइसकेको प्राधिकरणको भनाइ छ । त्यसो त प्राधिकरणले विद्युत् महसुलमा समेत केही छुट दिने गरी तयारी गरेको छ । कम विद्युत् खपत गर्ने ग्राहकलाई केही छुट तथा बढी विद्युत् प्रयोग गर्नेलाई समेत विशेष सुविधा दिने गरी महसुल प्रस्ताव गरिएको छ ।

सो प्रस्ताव स्वीकृ तिका लागि विद्युत् नियमन आयोगमा पठाएको छ । विगतमा कम विद्युत् खपत गर्नुस् भन्ने प्राधिकरण यतिबेला विद्युत् सक्दो उपयोग गर्नुस् भन्ने अवस्थामा आइ पुगेको छ । त्यस्तै ‘डेडिकेटेड’ र ‘ट्रङलाइन’को अवधारणा समेत हटाएको छ । त्यसबाट उद्योगमा विद्युत् खपत बढ्ने प्राधिकरणको विश्वास छ । विद्यमान व्यवस्थामा बढी विद्युत् खपत गर्नेले बढी महसुल तिर्नुपरेको छ । नयाँ व्यवस्थामा भने बढी खपत गर्नेलाई केही विशेष छुट दिन सकिन्छ कि भनेर महसुलमा पुनरा वलोकन गर्न लागिपरेको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणको आधिकारिक टे«ड युनियन नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनले यही मङ्सिर ११ गते मन्त्रालयमै छलफलको आयोजना गरी देशभित्रै इन्डक्सन चुल्होको कारखाना खोल्नतर्फ पहल गर्न मन्त्री पुनको ध्यानाकर्षण गराएको थियो। खाना पका उने एलपी ग्यासको खरीदमा नै वार्षिक रु ३५ अर्बदेखि रु ५० अर्बसम्म खर्च हुने गरेको अवस्थामा विद्युतीय चुल्होको बढावा नै उत्तम विकल्प रहेको निष्कर्षमा सरकार पुगेको छ । रासस

Facebook Comments
error: Content is protected !!