नेपाली बस्ती जो’खिममा पारेर भारतले लिपुलेक जाने बाटो धमाधम बनाउँदै,वि’स्फोटले महाकाली थुनिने ख’तरा

1 min read

काठमाडौं। भारतले नेपाली भूमि लिपुलेक जाने सडक खण्ड निर्माण गर्दा गराइरहेको वि’स्फोटले नेपाली बस्ती जो’खिममा परेको छ । भारतीय क’ब्जामा रहेको नेपाली भूमि लिपुलेक जाने बाटो बनाउँदा ठाउँ–ठाउँमा भइरहेका वि’स्फोटले नेपाली ब’स्ती र भू–भाग जोखिममा परेको हो । व्यास गाउँपालिकाका अध्यक्षका निजी सचिव दिपक खातीका अनुसार भारतले गर्भा देखि माथिल्लो क्षेत्र र लिपुलेकबाट गरि दुई स्थानबाट बाटो निर्माण सुरु गरेको छ ।

भारतको धार्चुला हुँदै जाने बाटो बनिरहेको हो। जसका लागि भारतले हेलिकप्टरबाट निर्माण र विस्फोटक सामग्री ढु’वानी गरिरहेको उनले बताए । केही दिनअघि व्यास गाउँपालिकाका अध्यक्ष दिलिपसिँह बुढाथोकी, दार्चुला तिकंर सडकखण्ड आयोजनाका प्रमुख अच्युत पन्त लगायतको टोलीले भारतले बनाइरहेको बाटोबारे अध्ययन गरेको थियो ।

गाउँपालिका अध्यक्ष सहितको टोलीले भारतले आफ्नो भूमिबाट लिपुलेक जाने बाटो बनाउँदै गर्दा गराइरहेको वि’स्फोटले च’ट्टान उछिट्टिएर नेपालको बाटो ठाउँ–ठाउँमा भ’त्काएको उनले बताए । भारतीय पक्षले गराएको वि’स्फोटबाट माल्पा, घाटि वगड लगायत नेपाली भू–भागमा व्यास गाउँपालिकाले बनाएको सडक भत्किएको छ ।

व्यास गाउँपालिकाका अध्यक्षका निजी सचिव खातीले बाह्रखरी सँग भने,‘‘ठाउँ–ठाउँमा चट्टान महाकाली नदीमै खसेका छन् । कतिपय स्थानमा त महाकाली नै थुनिने ख’तरा छ । महाकाली थुनिएको अवस्थामा दार्चुलावासीले ठूलो क्ष’ति बे’होर्नुपर्ने अवस्था छ ।’’ भारतीय पक्षले बनाइरहेको बाटो र त्यसबाट पर्ने अ’सरबारे केन्द्र सरकारलाई समेत जानकारी भइसकेको छ ।

केही दिनअघि भा’रतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेको थियो । नक्सा जारी गरेपछि नेपालमा व्या’पक वि’रोध भएको थियो । सरकारले कूटनीतिक पहल मा’र्फत् वि’वाद सुल्झाउने बताइँरहदा लिपुलेक जाने बाटोबाट नेपालले थप क्ष’ति बे’होर्नुपर्ने स’म्भावना बढेर गएको छ । – बाह्रखरी

Facebook Comments
error: Content is protected !!