होन्डा कम्पनीमा मासिक २० हजार आउने जागिर मिलाइ-दिन्छु  भन्दै भाउजूले नै पुर्‍याइन् दिल्लीको वे’श्यालयमा

1 min read

काठमाडौँ । नेपाल प्रहरीको मा नव बे चबिखन ब्युरोको अफिसियल फेसबुक पेजमा मंसिर ८ मा एउटा सन्देश आयो । सन्देशमा वैदेशिक रोजगारीमा रहेका एक व्यक्तिले १२ वर्षको उमेरमा घरबाटै हराएकी आफ्नी छोरी दिल्लीको वे श्या लयमा बेचिएकाले छिटोभन्दा छिटो उद्धार गर्न आग्रह गरेका थिए । सन्देश पाएपछि प्रहरीले त त्कालै अ नुसन्धान अगाडि बढायो ।

किशोरीलाई दि ल्लीको वे श्यालय सम्म पुर्‍याउने घ टनाको सुरुवात ०७३ कात्तिकमा भएको थियो । त्यतिबेला दीपावलीको रौनक सुरु हुनै लागेको थियो । ९ कक्षामा पढ्ने कि शोरीको मन भने भिन्नै कुराले तुलबुल भइरहेको थियो । काठमाडौंको पूर्वी भागमा बाबुआमासँग डेरा गरेर बसेकी उनलाई भाउजू (भाञ्जादाइकी श्रीमती) ले अ नोठौ सपना देखाउँदै घरबाटै लिएर हिँडेकी थिइन् । भा’उजूले उ’क्साउँदै भनेकी थिइन्, ‘पढेर के गर्छौ रु भारत जाम । होन्डा कम्पनीमा मासिक २० हजार आउने जागिर मिलाइदिन्छु ।’

नयाँ ठाम देख्न पाइने, रुचिअनुसारको कपडा लगाउन पाइने, मिठो खान पाइने र पैसा पनि कमाइने प्रलोभनको जालमा किशोरी परिहालिन् । उनलाई के थाहा, भाउजूले देखाएको नक्कली सपनाको बाटो हिँड्दा दिल्लीको कोठीमा पुगिन्छ भन्ने । अनि उनलाई के थाहा, नर्कजस्तो जिन्दगीको बाटोतर्फ आफूलाई हिँडाइएको छ भन्ने । भाउजूसँगको सल्लाहमा उनी खुसुक्क घरबाट निस्किइन् ।

भा’उजूले उनलाई नजिकैको बसपार्कसम्म ल्याइदिइन् र लामा थरकी एक साथीको जिम्मा लगाइदिइन् । ती युवतीले उनलाई कोटेश्वर हुँदै महोत्तरीको ढल्केवर पुर्‍याइन् र सिम्रन भन्ने सीता लामालाई जिम्मा लगाइन् । सीताले कि’शोरीलाई वीरगन्ज लगेर एक रात राखी र’क्सौल हुँदै दिल्ली पुर्‍याइन् । धनुषा बेंगाडाबर घर भई दि’ल्लीमा वे श्यालय सञ्चालन गरी बस्ने जोस्ना भनिने जुना खड्काले कि’शोरीलाई आफ्नो जिम्मामा लिइन् ।

प्रहरी अनुसन्धानले जुना र कि’शोरीकी भा’उजूबीच पनि ना’तासम्बन्ध रहेको देखाएको छ । होन्डा कम्पनीको जागिर खाने सपना देखेकी कि’शोरी त्यतिबेला चकित परिन्, जतिबेला जुनाले उनलाई अ’श्लिल भिडियो देखाउँदै सोधिन्, ‘तिम्लाई यस्तो गर्न आउँछ  ?’ यो समाचार आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन् ।

Facebook Comments
error: Content is protected !!