दुलाहाले दाइजो नलिएपछी दुलहीले बाडिन् गाउँका गरिबलाई कपडा !

1 min read

राजविराज : सप्तरीमा केटापक्षले दा’इजो नमागेपछि बेहुलीले गाउँका गरिब, दलितलाई साडी, धोतीलगायत कपडा बाँ’डेकी छिन्। सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका ४ मधवापुरकी अभिलाषा झा र सप्तरीकै बलान बिहुल गाउँपालिका ४ का अमितकुमार झाको बिहीबार सम्पन्न विवाहमा के’टीपक्षले मुस्लिम टोल, मुसहर टोलका ४२५ जनालाई साडी, धोती र भेस्ट वितरण गरेका हुन् ।नम्बरी खेत, मोटरसाइकल, लैनौ भैसी, नगद रुपैयाँ दाइजोमा नदिए विवाह नै नहुने तराई मधेसमा बेहुला प’क्षले दाइजो नमागेकाले बेहुलीका बुवा शैलेन्द्रचन्द्र झाले दाइजोमा दिनुपर्ने रकम गरिब, द’लितका लागि खर्च गरेको बताए ।

उनले भने, ‘छोराछोरी बराबर भएकाले दुबैलाई पढाएको छु, विवाहमा केटा प’क्षले दाइजो नै न’मागेपछि खुशीसाथ गरिबलाई कपडा वितरण गरेर छोरीका लागि आ’शिरवाद मा’गेको हुँ। ‘पछिल्लो समय दाइजो लि’नुदिनु सामाजिक कु’रीति मानिदै आएपनि दाइजोको रकम ले’नदेन गरेर मात्र तराईमा विवाह गरिन्छ । तराईका अ’धिकांश स्थानमा दाइजोको ड’रलाग्दो रु’प छ। दाइजो न’ल्याएको नि’हुँमा बुहारीलाई कु’टपिट गर्ने, ज’लाउने मात्र नभइ मा’र्नेसम्मका घ’टना भएका छन् । दाइजोमा भनेजति रकम नपुग्दा कतिले विवाहसमेत तो’डेर हिँडेका थुप्रै उदाहरण छन् ।

यस्तोमा आफ्नै गाउँठाउँमा उदाहरणीय विवाह भएकोमा गौ’रव म’हसुस भएको विवाहको निम्तो मान्न पुगेका संविधान सभाका पूर्व सदस्य अशोक मण्डलले बताए ।केटापक्षले दाइजो प्र’थाको वि’रोधी रहेकाले दाइजो न’मागेको बताए। अमितले आफ्नी हु’नेवाला श्रीमति इञ्जिनियर र रोजगारी पनि गरिरहेकीले आफूलाई श्रीमतिको सोही शिक्षा दाइजो भएको भन्दै दाइजो न’मागेको बताए ।

Facebook Comments
error: Content is protected !!