अष्ट्रेलियामा नेपाली युवतीद्वारा श्रीमानको ह’त्या

1 min read

एक नेपाली युवतीले अष्ट्रेलियामा श्रीमानमाथि धारिलो ह’तियार प्रयोग गरेर ह’त्या गरेकी छिन् । मृ’तकको पहिचान सन्तोष गौतमको रुपमा भएको छ । पुलिसले शनिबार राती ग्रानभिल स्थित उनीहरुको घरमा ३४ वर्षे सन्तोषलाई गहिरो चो’ट लागेको अवस्थामा भेटेको अष्ट्रेलियाको समाचार वेबसाइट 9news.com.au ले बताएको छ ।

रिपोर्टमा बताइए अनुसार सन्तोषले वेस्टमेड अस्पतालमा अन्तिम सा’स फेरे । ३४ वर्षे नुमा गौतमलाई श्रीमानको ह’त्याको आ’रोप लागेको छ । रिपोर्टमा बताइए अनुसार नुमाले आफ्नो श्रीमानलाई एकपटक काँधमा च’क्कुले प्रहार गरेकी थिइन् । उनको अत्यधिक र’क्तश्रावका का’रण मृ’त्यु भएको बताइएको छ ।

नुमालाई प्रहरीको निगरानीमा वेस्टमेड अस्पतालमा सामान्य उपचारका लागि लगिएको थियो । अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई ग्रान्डभिल पुलिस स्टेशन पुर्‍याइएको छ । घटनाको केही घण्टा अघि गौतमलाई नजिकैको टायर पसलबाट श्रीमती र ८ वर्षे छोरी भएको घरमा फिर्ता भइरहेको सिसिटीभी क्यामरामा देख्न सकिन्छ । परिवार र आफन्तले यो जोडी केही महिना अघिदेखि आफ्नो भिसाका का’रण चिन्तित भएको बताए ।

अष्ट्रेलियामा थप बस्न पाउने हो होइन भनेर यी दुई चिन्तित भएको रिपोर्टमा उल्लेख छ । स्थानीय नेपाली समुदायले उनीहरुको छोरीको जिम्मा लिने वचन दिएको छ । डेली मेलका अनुसार गौतम नेपाली क्रिकेट संघका सदस्य पनि थिए । उक्त संघले आइतबार आयोजना हुन लागेको आफ्नो ए–ग्रेड म्याच पनि रद्द गरेको बताएको छ ।

Facebook Comments
error: Content is protected !!