सरकारले सीमा सुरक्षाका लागि खटिन आदेश दिए जान तयार छौँः नेपाली सेना

नेपाली सेनाले सरकारले सीमा सुरक्षाका लागि खटिन आदेश दिए जुनसुकै बेला सीमा सुरक्षामा जान तयार रहेको बताएको छ। भारतीय पक्षले नेपालको लिपुलेक, लिम्पियाधुरा, सुस्ता क्षेत्र अतिक्रमण गरेको खबर सार्वजनिक भएसँगै नेपाली सेनाले देशको सार्वभौमिकता र अखण्डतालाई अक्षुण राख्न सदैव तयार रहेको बताएको हो।

मन्त्री परिषद्को निर्णयअनुसार अस्थाई निर्देशनालय स्थापना गरी सीमा समन्वय महाशाखा, सर्वेक्षण महाशाखा र सन्धी–सम्झौता अध्ययन तथा अनुसन्धान महाशाखा स्थापना गरेको सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले जानकारी दिए। प्रवक्ता पाण्डेले विभिन्न सञ्चारमाध्यमहरुमा ‘नेपाली सेना सीमानामा’ भन्ने समाचार आएको भएपनि हालसम्म सरकारबाट कुनै निर्देशन नआएको बताए। सरकारबाट निर्देशनालयको पदपूर्तीका लागि दरबन्दीसमेत कायम नगरिएको प्रवक्ता पाण्डेको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!