पुस दोस्रो साता रूसी राष्ट्रपति पुटिन नेपाल आउँदै

1 min read

काठमाडौं। छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिङ पिङले नेपाल भ्रमण गर्नुभएको प्रस· से’लाउन नपाउँदै अर्को श’क्तिशाली मुलुक रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल भ्रमण गर्नुहुने भएको छ।पुस दोस्रो साता (आगामी डिसेम्बर अन्तिम साता) पुटिनले नेपाल भ्रमण गर्ने तयारी अघि बढेको छ।‘राष्ट्रपति पुटिनको तीनदिने नेपाल भ्रमणको कुरा भइरहेको छ, मिति त’य भइसकेको छैन, उता (रूस)बाट डिसेम्बर अ’न्तिम साताका लागि प्’रस्ताव आएको छ।’ –प्रधानमन्त्री तथा मन्त्रिपरिषद् का’र्यालयको उच्चस्रोतले भन्यो।

नेपालमा रहेको यु’रेनियम (रे’डियोधर्मी) प’दार्थ भ’ण्डारको उ’त्खनन र खरिद गर्न चा’सो लिँदै रूसले पुटिनको भ्रमणको तयारी गरेको सो का’र्यालयका उच्च अधिकारीले बताए। इन्धन र प’रमाणु हतियारको मुख्य क’च्चा प’दार्थका रूपमा प्रयोग गरिने यु’रेनियम चि’कित्साशास्त्र, भौ’गर्भिक अध्ययनसहित विभिन्न प्रकृतिका वैज्ञानिक खोज अनुसन्धानमा समेत प्रयोग हुने गर्छ।रूस यु’रेनियम प्र’शोधन गर्ने विश्वकै पहिलो सूचीमा रहेको छ।खानी तथा भूगर्भ विभागको टो’लीले मुस्ताङको लोमाङथानमा १० किमि लम्बाइ र तीन किमि चौडाइ क्षेत्रमा बहुमूल्य धातु यु’रेनियम भण्डार भएको पुष्टि गरेपछि सो क्षेत्रको नि’गरानी नेपाली सेनाले गर्दै आएको छ।

मकवानपुर धियालको तीनभंगाले, मकवानपुरकै चिरुवा र चाँदेखोला, काठमाडौंको उत्तर पश्चिमी क्षेत्र, शिवपुरी, नुवाकोटको ककनीलगायतका भेगमा समेत यस्तो धा’तु रहेको विभागको ठ’हर छ। अहिलेसम्मको अध्ययनअनुसार ठूलो र फ’राकिलो खानी भने लोमाङथानमा रहेको पुष्टि भएको छ।रे’डियोधर्मी प’दार्थको प्रयोग र ओ’सारपसार फ’राकिलो बनिरहेका बेला नेपालमा अहिलेसम्म यसबारे कानुन बनेको छैन। रे’डियोधर्मी प’दार्थ उ’त्खनन, प्र’शोधन र अन्तर्राष्ट्रिय बजार नि’र्यात गर्न आवश्यक पर्ने कानुन निर्माणका लागि अन्तर्राष्ट्रिय आ’णविक ऊ’र्जा एजेन्सी (आ’ईएईए)ले नेपाललाई स’हजीकरण गर्दै आएको छ।

अस्ट्रेलियाको भियानामा मु’ख्यालय रहेको आईएईए यस विषयको नि’यमन गर्ने अन्तर्राष्ट्रिय नि’काय हो। सन् २००८ को जुलाईमा नेपालले सो एजेन्सीको सदस्यता लिएपछि का’नुन बनाउनुपर्ने त’त्परता देखाउँदै आएको छ, तर कानुनले अझै अ’न्तिम रूप पाएको छैन।पुटिन भ्रमणका क्रममा नेपाललाई ३ खर्ब रुपियाँ हा’राहारीको ‘स’फ्ट लोन’ दिने प्रा’रम्भिक प्रस्तावसमेत आएको मन्त्रिपरिषद् का’र्यालयले जनाएको छ। उच्चस्तरीय भ्रमणको वातावरण तय गर्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भोलि शनिबार रूसको राजधानी मस्को जाँदै हुनुहुन्छ।यो समाचार आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् ।

उहाँ रसियाली समकक्षी सर्गेइ लावरोवको मै’त्रीपूर्ण निमन्त्रणामा मस्को जाने त’यारीमा जु’ट्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।तर, पुटिनको नेपाल भ्रमणबारेको विस्तृत खबर आफूलाई प्राप्त नभएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले बताउनु भयो।‘हाई ले’भल भिजिटको स’म्भावना सधैं हुन्छ तर त’त्काललाई रसियाबाट त्यस्तो कुनै खबर आएको छैन, मन्त्रीज्यूचाहिँ शनिबार उता जाँदै हुनुहुन्छ।’ –उहाँले भन्नुभयो।ज्ञवाली द्वि’पक्षीय मन्त्रीस्तरीय बै’ठक र रसियाका राजनीतिक दलका नेतासहित गै’रआवासीय नेपाली संघ (एनआरएनए) का प्र’तिनिधिसँगको भेटवार्तामा स’हभागी हुने परराष्ट्रले जनाएको छ।

नेपाल र तत्कालीन सोभियत संघबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। औपचारिक सम्बन्ध स्थापना भएको यति लामो अ’वधिमा सो मुलुकका तर्फबाट नेपालमा उच्चस्तरीय भ्रमण भएको छैन।त्यहाँका प्रधानन्याधीश, कम्युनिस्ट पार्टीका, तल्लो र माथिल्लो सदनका सांसदलगायतले मात्रै नेपाल भ्रमण गरेका छन्। नेपालका तर्फबाट भने पूर्वराजाहरू महेन्द्रले सन् १९५८, वीरेन्द्रले सन् १९७६ मा र तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले सन् २०१० मा रूसको भ्रमण गर्नुभएको थियो।तत्कालीन सभामुख सुवास नेम्वाङ, तत्कालीन एवं वर्तमान उपप्रधानमन्त्री उपेन्द्र यादवलगायतले पनि सो मुलुकको भ्रमण गर्नुभएको छ।

सरकारको पहल प्र’भावकारी नहुँदा रूसबाट नेपालमा अहिलेसम्म उच्चस्तरीय भ्रमण हुन नसकेको सो मुलुकका लागि पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ बताउनुहुन्छ।नेपालले आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति र परिचयलाई फ’राकिलो बनाउन सबै मुलुकसँगको उ’च्चस्तरीय भ्रमण आ’दानप्रदान गर्ने वातावरण बनाउनुपर्ने उहाँको भनाइ छ। ‘ग्लोबल चे’न्जमा सबैको सहयोग चाहिन्छ, नेपालबाट प्र’भावकारी पहल भयो भने रूसबाट उ’च्चस्तरको भ्रमण अ’सम्भव छैन’ –श्रेष्ठले भन्नुभयो।नेपालको प्रमुख विकास सा’झेदारमध्येको एक रूसको आर्थिक तथा प्राविधिक सहयोगमा पूर्व–पश्चिम राजमार्गको सिमरा–जनकपुर खण्ड निर्माण भएको थियो भने काभ्रेको पनौती जलविद्युत् आयोजना पनि सोही मुलुकको सहयोगमा निर्माण भएको हो।

वीरगन्ज चिनी कारखाना (हाल बन्द), जनकपुर चुरोट कारखाना (हाल बन्द), कान्ति बाल अस्पताल, कृषि सामग्री कम्पनी, कैलालीको अत्तरियास्थित दि’व्या रोजिन एन्ड ट’र्पेनटाइन प्ला’न्ट (खोटो संकलन र प्र’शोधन गर्ने) कम्पनीलगायतका सं’घसंस्था पनि रूसको सहयोगमा निर्माण भएका हुन्।नेपालको ऊर्जा र जलविद्युत् क्षेत्रको विकासमा सो मुलुकले चा’सो राख्दै आएको छ। दुवै मुलुकका सरकारी अधिकारी सं’लग्न ऊ’र्जा स’हकार्यबारेको संयुक्त का’र्य बै’ठक २०१३ मा काठमाडांैमा आ’योजना भइसकेको छ।नेपालले तयारी गलैंचा, पस्मिना, चिया, कफी, हस्तकला सामग्री नि’र्यात गर्दै आएको छ।

त्यसै गरी रूसबाट नेपालले हवाइजहाज र हेलिकोप्टरका पार्टपुर्जा, विद्युतीय सामग्री, तामाका पाता, औद्योगिक क’च्चा प’दार्थ, खानेतेल, विभिन्न प्रकृतिका अनाज र फलफूल आयात गर्दै आएको छ।सो मुलुकसँगको नेपालको व्यापार घा’टा भने निकै फ’राकिलो रहँदै आएको छ। रूस–नेपाल सीधा हवाई उडान हुँदै आएकोमा सो मुलुकको राष्ट्रिय ध्वजावाहक जहाज ए’रोफ्लोट ए’यरलाइन्सले सन् २००२ जनवरी १३ तारिखदेखि मस्को–काठमाडौं उ’डान स्थगित गरेको थियो। सीधा हवाई उ’डान नहुँदा नेपाल भित्रिने रूसी पर्यटकको संख्यामा सुधार आउन सकेको छैन।-रासस

Facebook Comments
error: Content is protected !!