भारत र बंगलादेशका प्रतिनिधि भन्छन्: नेपालको बिजुली किन्न तयार छौँ

1 min read

काठमाण्डाै – भारत र बंगलादेशले छिटो नीति बनाएर नेपालको बिजुली किन्न तयार रहेको बताएका छन् । काठमाण्डौैमा बिहीबारदेखि चलेको उर्जा सम्मेलनका क्रममा भारत र बंगलादेशका प्रतिनिधिले उपयुक्त नीति बनाएर नेपालको बिजुली किन्ने बताएका हुन् ।
भारतको एकीकृत अनुसन्धान तथा विकासका कार्यकारी निर्देशक पंकज भट्टले नेपालसँग पर्याप्त बिजुली उत्पादन गर्ने क्षमता रहेको र भारतलाई बिजुली चाहिएकोले विद्युत् व्यापार धेरै टाढाको विषय नभएको बताउनुभयो ।

उहाँले भारत, बंगलादेश, भुटान तथा म्यानमार मिलेर ऊर्जा विकास गर्नुपर्ने धारणा राख्नुभयो । यसैगरी, बंगलादेश पावर डेभलपमेन्ट बोर्डका प्रमुख इन्जिनीयर एडी महबुर रहमानले भारतले त्रिपक्षीय कामका लागि अग्रसरता लनुपर्नेमा जोड दिनुभयो । अहिले बंगलादेशले भारतबाट एक हजार मेगावाटभन्दा बढी बिजुली किनिरहेको छ र भविष्यमा नेपालबाट बिजुली लैजाने गृहकार्य गरिरहेको छ,’ उहाँले भन्नुभयो, ‘भारत तथा नेपालबाट पर्याप्त बिजुली लैजान हाम्रो तर्फबाट गर्नुपर्ने सबै काम भइरहेको छ ।’

रहमानका अनुसार नेपालका पाँचवटा नदीहरू दूधकोसी, सुनकोसी दोस्रो तथा तेस्रो, तल्लो अरूण र तमोरबाट बिजुली बंगलादेश लैजाने गृहकार्य भइरहेको छ । त्यस्तै, इनर्जी एक्सचेन्ज भारतका डाइरेक्टर राजेशकुमार मडिरट्टाले नेपालको इनर्जी एक्सचेन्जसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । उहाँले नेपालले भारतीय इनर्जी एक्सचेन्जबाट धेरै कुरा सिक्न सक्ने भन्दै इनर्जी एक्सचेन्जको काम अगाडि बढाउन सक्ने बताउनुभयो । उहाँले नेपाललाई चाहिने आवश्यक प्राविधिक सहयोग गर्न तयार रहेको पनि बताउनुभयो ।

Facebook Comments
error: Content is protected !!