ठग मेनपावरलाई तह लगाउने गोकर्ण विष्टलाई श्रम मन्त्रीबाट हटाएपछि चौतर्फी विरोध

काठमाडौं। वैदेशिक रोजगारीको ठगी नियन्त्रण तथा शून्य लागतमा कामदार पठाउने कार्यको सुरुवात गरेर नेपाली कामदारको हितमा काम गरिरहेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई पदबाट हटाएपछि चौतर्फी विरोध भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद पुनर्गठन गर्दै गोकर्णसहित ९ मन्त्रीलाई हटाएका थिए । गोकर्णको ठाउँमा रामेश्वर रायलाई श्रम मन्त्रालयको जिम्मा दिइएको छ ।

विष्टले वैदेशिक राेजगारीमा शून्य लागतकाे अडान राखेपछि मनेपावर व्यवसायी तथा पार्टीभित्रै केही समूह उनसँग असन्तुष्ट थिए । उनी हट्दा सबैभन्दा बढी फाइदा ठग मेनपावरलाइ भएकाे छ । विष्टले मलेसिया र युएइमा शून्य लागतमा कामदार पठाउन सुरू गरेका थिए । शून्य लागत भनेकाे एक रूपैयाँ विना सित्तैमा काम गर्न विदेश जान पाउनु हाे । यसअघि नेपाली कामदारले एक लाखदेखि माथि मेनपावरलाइ तिर्ने गरेका थिए । जून कानुन विपरित थियाे ।

यस्तै विष्टले स्वदेशभित्र हरेक कामदारको हितका लागि सामाजिक सुरक्षा कोषको समेत सुरुवात गरेका थिए । जसका कारण श्रम गर्नेले न्यूनतम ज्याला पाएका थिए । गोकर्ण विष्ट मन्त्रिपरिषदको कार्यसम्पादनमा समेत २ नम्बरमा थिए । तर, उनी सबैलाई भाग पुर्याउने नेकपा पार्टीको निर्णयको सिकार बने । राम्रो काम गर्दागर्दै पनि हटाएपछि सामाजिक सन्जालमा चर्काे आलोचना र विरोध भएको छ । धेरैले उनीप्रति सहानुभूति प्रकट गरेका छन् ।

धेरैले मेलम्चीमा घोटाला गर्ने, काम नगर्ने प्रचण्डकी बुहारी विना मगरलाई केही पनि नगर्ने राम्रो काम गरेका ठग मेनपावरलाई तह लगाएका विष्टलाई हटाउने भन्दै आक्रोश पोखेका छन् । मन्त्रीबाट हटाइएपछि विष्टले काम गर्ने अवसर दिएकाेमा प्रधानमन्त्रीलाइ धन्यवाद दिएका छन् । आफूले वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाको पक्षमा इमान्दारीपूर्वक काम गरेको बताउँदै उनले नवनियुक्त मन्त्री रामेश्वर राय यादवलाई मन्त्रालय पुगेर बधाइ समेत दिएका छन् । पसिनाको मूल्य नपाएका श्रमिक र बेरोजगार युवाको पक्षमा इमान्दारीपूर्वक पनि काम गरेको उनकाे भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!