अन्तत : मन्त्रिमण्डल पुनर्गठन मन्त्रीहरु को को हटे को को सुरक्षित ?नामावली सहित्

1 min read

काठमाडौं ४ मंसिर,। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले केही मन्त्रीलाई हटाएका छन् भने केहीलाई नयाँ नियुक्त गरेका छन् । केहीको जिम्मेवारी हेरफेर गरेर राष्ट्रपति कार्यालयमा सूची पठाएका छन् ।
बुधबार राति मन्त्रिमण्डल पुनर्गठन भएकाे छ । नवनियुक्त मन्त्रीहरुको बिहीबार बिहान सपथग्रहणको कार्यक्रम राखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्रीहरुको नियुक्ति र जिम्मेवारी हेरफेर गरी मन्त्रिमण्डल पुनर्गठन गरेकी हुन् । हृदयश त्रिपाठी, धनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, पार्वत गुरुङ र बसन्तकुमार नेम्वाङ नयाँ मन्त्रीको रुपमा ओली क्याबिनेटमा नियुक्त भएका छन् । यस्तै मोतिलाल दुगड, नवराज रावत र रामवीर मानन्धर राज्यमन्त्री बनेका छन् ।

Facebook Comments
error: Content is protected !!