मेलम्चीमा गो*ली चल्यो

1 min read

सिन्धुपाल्चोक : मेलम्ची खानेपानी आयोजनासँग ठेक्का तोडेर गएको इटालीयन कम्पनी सीएमसीसँग लिन बाँकी भुक्तानी सरकारले दिनुपर्ने माग राख्दै आन्दोलमा उत्रिएका व्यवसायी र मजदुरमाथि सशस्त्र प्रहरीले रबरको गो ली र अश्रुग्यास प्रहार गरेको छ। आन्दोलनका क्रममा आयोजनाको मुहान क्षेत्र अम्बाथान जानलागेका प्रदर्शनकारीमाथि बिहीबार दिउँसो मुहानको सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरीको टोलीले अश्रुग्यास र रबरको गो ली प्रहार गरेको हो।

आयोजनाको ड्याममा निर्माणको काम गरिरहेको श्रेष्ठ कस्ट्रक्सनले सीएमसीले भाडामा लिएको निर्माण उपकरण प्रयोग गरेको शंका गरी प्रदर्शनकारी मुहान क्षेत्र जानलाग्दा सुरक्षाकर्मीले रोकेका थिए। आफूहरुले भाडामा दिएको सामान अर्को कम्पनीले प्रयोग गर्न नपाउने नियम उल्लंघन भएको भन्दै हेर्न जान पाउनुपर्ने प्रदर्शनकारीको माग थियो। प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगा प्र हार गरेपछि मुहान सुरक्षार्थ मद्दतमा आएको सशस्त्र प्रहरीले आठ राउण्ड अश्रुग्यास फायर गरेको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक मणिराम लामिछानेले जानकारी दिए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा युवराज पुरीले लेखेका छन् ।

Facebook Comments
error: Content is protected !!