मन्त्रिमण्डल पुनर्गठन : लेखराज भट्ट मन्त्री बन्ने पक्का !

1 min read

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट मन्त्री बन्ने दुई नामको टुंगो लागेको छ । पूर्वमाओवादीको कोटाबाट लेखराज भट्ट र रामेश्वर राय यादव मन्त्री बन्ने लगभग पक्का भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट एक नेता भन्छन्, ‘अन्तिम निर्णय त प्रधानमन्त्रीले गर्नुहुन्छ, तर पूर्व माओवादीको कोटाबाट उहाँहरु मन्त्री बन्ने लगभग पक्का हो ।’माओवादी कोटाबाट मन्त्री बन्न लागेका कृषिमन्त्री चत्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषि राज्यमन्त्री रामकुमारी चौधरी हट्ने पक्का भएको छ । चौधरीको ठाउँमा कसलाई राज्यमन्त्री बनाउने भन्ने टुंगो लागेको छैन ।

Facebook Comments
error: Content is protected !!