पाँच वर्षलाई ओली नै प्रधानमन्त्री, प्रचण्ड कार्यकारी अध्यक्ष

1 min read

काठमाडौं २०७६ मंसिर ४ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्णय गरेको छ। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने कार्यकारीसहित पार्टी सञ्चालनको जिम्मेवारी दिइएको छ। (नेकपा) को सचिवालय बैठकले पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री र कार्यकारी अधिकारसहितको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

बुधबार बिहानका लागि बैठक बोलाइएको भए पनि तयारी नपुगेको भन्दै ढिलो बसेको थियो । दुई अध्यक्ष भने बिहान राष्ट्रपति विद्यादेवि भण्डारी सामु पुगेर निर‌्णयका बिषयमा जानकनरी गराएका थिए । बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधवकुमार नेपाल, सचिवालय सदस्य वामदेव गौतम र रामबहादुर थापा, महासचिव विष्णुप्रसाद पौडेल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी भएका थिए । वरिष्ठ नेता झलनाथ खनाल र सचिवालय सदस्य ईश्वर पोखरेल मुलुक बाहिर रहेकाले बैठकमा सहभागी थिएनन् ।

Facebook Comments Box
error: Content is protected !!