आलमको भिडियो सार्वजनिक भएपछि प्रहरी त’नावमा

1 min read

रौतहट, ४ मंसिर । तीनवटा मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरिएका निलम्वित सांसद मोहम्मद आफ्ताव आलम र प्रहरी अधिकृतबीच भएको सम्वादको भिडियो सार्वजनिक भएपछि प्रहरी अधिकृत त’नावमा छन् । असोज २६ गते बिहान आलमलाई प’क्राउ गरी इद्रिसगेटदेखि गौर ल्याउने क्रममा जीपमा भएको भिडियो सम्वाद आलम पुर्पक्षका लागि जे’ल चलान भएपछि सार्वजनिक भएको हो । भिडियो सार्वजनिक भएको विषयमा प्रहरी अधिकारीहरू नै अ’न्यौलमा छन् ।

आलमलाई पक्रा’उ गर्न गएका एक प्रहरी अधिकृतले जीपमा आलमसँग सम्वाद गरेका थिए । आलमले प्रहरी अधिकृतलाई थर्काउँदै जिल्लामा आ’गो लगाई दिने समेत भनेका थिए । हाइप्रोफाइल व्यक्तिलाई प’क्राउ गर्दा कसरी गरिएको थियो र उनी कुन अवस्थामा थिए, मानवअधिकार र प्रचलित कानुनको खिलाफमा गरिएको थियो की भन्ने बारेमा कुनै निकायले प्रश्न गर्दा प्रमाणको लागि जीपमै सम्वाद रेकर्ड गरिएको प्रहरीको भनाइ छ ।

एक प्रहरी अधिकृतले भने, ‘हाइ प्रोफाइलका भीआइपीलाई प’क्राउ गर्दा पछि जवाफ दिन सजिलो होस् भन्ने उद्देश्यले यस्ता प्रमाण प्रहरीले राख्ने गर्छ ।’ जिल्ला प्रहरी कार्यालयले मुद्दाको अनुसन्धान पछि भि’डियो जिल्ला अदालत र जिल्ला सरकारी वकिल कार्यालय गौरमा बुझाएको थियो । भि’डियो कसरी बाहिरियो भन्नेमा आफूहरू अचम्ममा परेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नवीन कार्कीले बताए ।

भिडियोका का’रण अनावश्यक तनाव थपिएको उनले प्रतिक्रिया दिए । डीएसपी कार्की सोमबार बिदामा घर गएका छन्। आलमलाई कारागार चलान गरिएकै दिन जिल्ला न्यायाधीवक्ता खडिन्द्रराज कटवाल र न्यायाधीश दीपक ढकाल पनि बिदामा बसेका थिए । आलमवि’रुद्ध ३२ वर्ष कैद सजाय माग दा’बीसहित कात्तिक १९ गते तीनवटा मुद्दा दर्ता भएको थियो । क’र्तव्य ज्या’न मुद्दामा २० वर्ष, ज्या’न’मा’र्ने उद्योगमा १० र वि’स्फो’टक पदार्थसम्बन्धी मुद्दामा दुई वर्ष कैद सजाय मागदाबी गरी जिल्ला सरकारी वकिलाको कार्यालयले मुद्दा दर्ता गरको थियो ।

रौतहटको यमुनामाइ गाउँपालिका–४ का त्रिलोक प्रताप सिंह मारिएको भन्दै बाबु श्रीनारायण सिंह र ओसी अख्तर मारिएको भन्दै आमा रोक्साना खातुनले कतव्र्य ज्या’न मुद्दा र सर्लाही जिल्ला गडैता २ का सफि अहमद र भारतको सीतामणी जिल्ला बैरगनिया २ का गौरीशंकर राम चमारले बम बि’स्फोटमा घा’इते भएको भन्दै ज्या’न मा’र्ने उद्योगमा जाहेरी दिएका थिए ।आम’लवि’रुद्ध प्रहरीले बि’स्फोटक प’दार्थसम्बन्धी मु’द्दा समेत चलाएको छ ।अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ।

Facebook Comments
error: Content is protected !!