यी हुन् नेतासँग खसी माग्ने डीएसपी शाही – जो परे का’रबाहीमा

काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संगठन तरूण दलका नेतासँग खसी माग्ने डीएसपीमाथि विभागीय कारबाही गर्न छानविन समितिले सिफारिस गरेको छ । तरूण दल बाँकेका जिल्ला कोषाध्यक्ष केशर खड्कासँग प्रहरी आचरणविपरित खसी मागेको आ’रोप पुष्टि भएपछि इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रहरी नायब उपरीक्षक ९डीएसपी० हेमबहादुर शाहीलाई विभागीय कारबाही गर्न छानबिन समितिले सिफारिस गरेको हो।

प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीको संयोजकत्वमा गठित छानविन समितिले आइतबार प्रदेश नम्बर ५ का प्रहरी नायब महानिरीक्षक सुरेशविक्रम शाहलाई प्रतिवेदन बुझाउँदै शाहीलाई विभागीय का’रबाही सिफारिस गरेको हो । प्रहरी आचरणमा विभागीय का’रबाही अन्तर्गत सचेत गराउने, नसियत दिने, ग्रेड रोक्का, बढुवा रोक्का’ तथा कसूर हेरेर एक तहसम्म घटुवा गर्न सकिने व्यवस्था छ । डीएसपीमाथि कसूर हेरेर का’रबाही हुने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!