कसले दिदैछ प्रधानमन्त्रि ओलीलाई फेरी मृ’गौला ? कति खर्च लाग्छ ?

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मृगौला पुनः प्रत्यारोपण गर्न अमेरिका जाने भएका छन् । उनले अहिले चलिरहेको हेमोडायलासिस नगरेर पुनः मिर्गाैला प्रत्यारोपण गर्ने निष्कर्षमा पुगेका हुन्। प्रधानमन्त्रीकी निजि चिकित्सक अमेरिका पुगेर पुनः प्रत्यारोपणको जोखिम र नयाँ प्रविधिबारे बुझेर नेपाल फर्किएकी छन् । उनि फर्केपछि अमेरिकामै उपचारको लागि जाने तय भएको स्रोतले बताएको छ।

ओलीको म्रोगौला प्रत्यारोपणका लागि छिमेकी देश चीन र भारतले पनि अफर गरेको बुझिएको छ । केहि महिना अगाडी मात्र सिङ्गापुरमा एन्टीबडी नस्ट गरेर फर्केका ओलीको मृगौलाले काम गर्न छाडेकाले टोखास्थित ग्राण्डी अस्पतालमा ३ पटक डाइलासिस गराइएको छ । मिर्गाैला प्रत्यारोपण गर्ने सम्बन्धमा भने प्रधानमन्त्री ओलीले आफ्ना निजी चिकित्सकका साथै आफन्तहरूसँग सल्लाह गरिरहेको बुझिएको छ ।

उनको उपचार अत्याधुनिक प्रविधिबाट गरिने भएकोले खर्च भने निकै महङ्गो हुने, करोडौँ रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ‘यत्ति नै लाग्छ भन्ने यकिन भैसकेको छैन तर निकै महङ्गो लाग्ने अनुमान छ ।’ बालुवाटार स्रोतले बतायो । प्रधानमन्त्री ओलीलाई दिइने मृ’गौलाको परिक्षण भैसकेको स्रोतले जनाएको छ । कसले दिने भन्ने बाहिर खुलाइएको छैन तर ओलीकै गृहजिल्लाका एक व्यक्तिले दिने भनिएको छ स्रोतले भन्यो ।

प्रधानमन्त्री ओली फेरि एक पटक मिर्गौला प्रत्यारोपणका लागि विदेश जानुअघि नै पार्टी र सरकारलाई चुस्त बनाउन चाहेको स्रोतले जनाएको छ  । उनका अनुसार प्रधानमन्त्री ओलीले मन्त्रालय सञ्चालनमा कमजोर कार्यक्षमता देखाएका मन्त्रीलाई बिदाइ, केहीको जिम्मेवारी हेरफेर र नयाँ मन्त्री नियुक्तिको काम तत्काल टुंग्याउन चाहेको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!