कालापानी र लिपुलेकपछि भारतको नजर इलाममा, नेपाली भूमिमा नेपालीलाई नै प्रवेश निषेध !

1 min read

इलाम । भारतले नेपालका विभिन्न सीमामा अतिक्रमण गरेको छ । इलामको सन्दकपुरदेखि रोङ गाउँपालिकाको मेचीखोसम्म साढे ५२ किलोमिटर क्षेत्र भारतको सीमासँग जोडिएको छ । यी क्षेत्रमा भारतीय पक्षले मिचेको पाइएको छ । कतिपय स्थानका ३७ वटा स्तम्भ हराएको छ । यस क्षेत्रमा नेपालको सुर’क्षाकर्मीको उपस्थिति शुन्य छ । भारतीय पक्षको भने ३ देखि ४ किलोमिटरमा सुर’क्षाकर्मी रहेका छन् ।

इलामको सीमावर्ती क्षेत्रमा मुख्य ९जंगे० पिलर १७ हुनुपर्नेमा १६ वटा मात्र छन् । सहायक पिलर ८३ हुनुपर्नेमा ७२ र सानो पिलर ४६ हुनुपर्नेमा २१ वटा मात्र छन् । सन्दकपुरदेखि मेचीखोसम्म नेपाली सुरक्षाकर्मीको उपस्थिति नै छैन । उता भारतीय सीमा सुरक्षा बलको ३ देखि ४ किलोमिटरको दूरीमा क्याम्प राखिएको छ । सशस्त्र प्रहरी ब’लको बोर्डर अब्जरवेशन आउट पोष्ट विओपी पशुपतिनगरको फाटकमा मात्र रहेको छ । नेपालकै भूभाग सन्दकपुरको भ्यू टावर निर्माणस्थलमा नेपालीलाई नै जान भारतको एससबीले रो’क लगाउने गरेको छ ।

सी’मा पिलर नै कतिपय ठाउँमा गायव भएका कारण पनि सीमामा समस्या वल्झने गरेको जानकारहरु वताउछँन् । सीमा क्षेत्रको अतिक्रमणको विरुद्धमा विद्यार्थी संघठनहरुले छुट्टा छुट्टै प्रदर्शन जारी राखेका छन् । सरकारले भने सीमा विवाद हल गर्न कुटनीतिक पहल नगरेको प्रदर्शनमा रहेका विद्यार्थीहरु बताउँछन् ।

स्थानीय प्रशासनले २०६५ मा गरेको अनुगमन अनुसार इलामको सन्दकपुरदेखि जिर्मलेसम्मको ४४ किलो मिटर क्षेत्र मध्ये सन्दकपुर, मानेभञ्ज्याङ, सीमाना बजार, पुलखोला, फाटक, पेनल, हिले, गुफापातल र छब्बिसे, पशुपतिनगरलगायत क्षेत्रमा समस्या छ । नेपाली सीमा मिचिदा प्रशासन भने संयुक्त सीमा बैठक बसेर समस्या समाधान गर्ने बताउँदै आएको छ।

पूर्वी सीमावर्ती सन्दकपुर क्षेत्रमा भारतले पर्यटनमार्फत उल्लेख्य फाइदा लिएको छ । भारत भएर आउने पर्यटकले कतिपय स्थानमा नेपाल क्षेत्रको सडक प्रयोग गर्छन् भने दृष्यावलोकनसहित विभिन्न पर्यटकीय गतिविधिकालागि नेपाली भूमि पनि प्रयोग हुन्छ । तर, फाइदा भारतले नै लिने गरेको छ । नेपाली सुरक्षाकर्मीको अनुपस्थितमा अहिले सन्दकपुर लगायतका क्षेत्र भारतले आफ्नै जसरी प्रयोग गर्दै आएको छ ।-रासस

Facebook Comments
error: Content is protected !!