राजमार्ग छेउमा रोकेकाे आयल नि’गमको ट्याकर अ’पहरण

बाराको अम्लखेगन्जबाट विराटनगरका लागि छुटेको ट्यांकर अ’पहरणमा परेको छ । सोमबार राति १ बजे सिराहाको लाहानको मुख्य पूर्वपश्चिम राजमार्गको हुलाक कार्यालय अगाडिबाट ना ४ ख ४१६३ नम्बरको ट्यांकर अ’पहरणमा परेको नेपाल आयल निगमको विराटनगर डिपो प्रमुख अशोक साहले बताय उनका अनुसार ढुवानीकर्ता राजेशकुमार गुप्ताको नाममा रहेको उक्त ट्याकंर राजमार्ग छेउमा रोकेर चालकहरु आराम गरेको बेला राति १२ देखि १ बजेको बीचमा अ’पहरणमा परेको डिपो प्रमुख साहले बताए ।

विराटनगर डिपो प्रमुख अशोक साहका अनुसार सोमबार राति खाना खाएर ट्याकंर चालक रामदेव यादव र सह चालक उमेश यादव ट्यांकरमा सुतेका थिए । मुखमा पट्टी बाँधेर आएका ६÷७ जना न’काबधारी समूहले उनीहरुको आँखामा प’ट्टी बाँधेर जीपमा राखेर बर्दिबास र लालबन्दीबीचको जंगलमा छोडेर डिजल भरिएको ट्यांकर लि’एर भागेका थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!