निर्मला पन्त प्रकरणमा पत्रकार खेम भण्डारी १ घण्टाका लागि जे’ल चलान !

1 min read

कञ्चनपुर ।  पत्रकार खेम भण्डारी १ घण्टाका लागि जे’ल चलान भएका छन् । अदालतको अवहेलनासम्बन्धी मु’द्दामा कञ्चनपुर जिल्ला अदालतले भण्डारीलाई १ घण्टाका लागि कारागार चलान गरेको हो । भण्डारी म‌ंगलबार अदालतमा उपस्थित भएकोमा अदालतले उनलाई १ रुपैयाँ जरिवाना भराएर १ घण्टाका लागि थु’नामा पठाएको हो । भण्डारीलाई जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दले भण्डारीलाई केही बेर अघी मात्र का’रागार च’लान जानकारी दिए।

निर्मला पन्तको ब’लात्का’रपछि ह’त्या प्रक’रणका सम्बन्धमा अदालतको अवहेलना हुने गरी लेख तथा समाचार प्रकाशन गरेको भन्दै जिल्ला अदालत बार एशोसिएसन महेन्द्रनगर कञ्चनपुरले भण्डारीवि’रुद्ध मु’द्दा दायर गरेको थियो । बारले दायर गरेको मु’द्दामाथि सुनुवाई गर्दै जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश राजेन्द्र कुमार आचार्यको इजलाशले गत असार ३० गते भण्डारीवि’रुद्ध १ रुपैयाँ जरिवाना र १ घण्टा कैदको सजाय सुनाएको थियो । पत्रकार भण्डारीले आफूले कुनै गलत काम नगरेको भन्दै अदालतका श’र्त मान्न अस्वी’कार गरेका थिए । पत्रकार भण्डारी महेन्द्रनगरबाट प्रकाशित हुने मानखण्ड दैनिकका सम्पादक, रेडियो महाकालीका सञ्चालक तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष समेत हुन् ।

Facebook Comments Box
error: Content is protected !!