भारतले कुनै छिमेकीसँग राम्रो सम्बन्ध राख्न सकेन , नक्सामा चीनको भूभाग पनि छ’

काठमाडौँ : नेपाल भ्रमणमा रहेका चिनियाँ प्राध्यापकले भारतको नयाँ नक्सामा आफ्नो देशको भूभाग समेत समेटिएको दावी गरेका छन्।चाइना इस्टिच्युट अफ फुदान विश्वविद्यालयका निर्देशक तथा अन्तर्राष्ट्रिय मामिला विज्ञ प्राध्यापक झाङ वेइवेइले नेपाली पत्रकारहरुसँग कुराकानी गर्दै भारतले भुटान बाहेक अन्य छिमेकी मुलुकसँग राम्रो सम्बन्ध राख्न नसकेको बताउदै सबै छिमेकीसँग भारतको सीमाबारे समस्या रहेको बताएका हुन्।

आइतबार प्रेस काउन्सिल नेपालको हलमा आयोजित एक कार्यक्रममा चाइनिज एकेडेमी अफ इन्टरनेशन ट्रेड एण्ड इकोनोमिक ओअपरेशनका उप निर्देशक झु काइहुवाले पनि भारतले नेपाली भूमि अतिक्रमण गरेको विषय आफूहरुलाई जानकारी भएको बताए। उनले दुई छिमेकी देशको सिमा समस्या वार्ताको माध्यामबाट हल गर्नुपर्नेमा जोड दिए।

नेपाल भारत सिमा समस्याबारे चीनको विदेश मन्त्रालयले कालापानीको विषयमात्र उठाएकोमा प्राध्यापक वेइवेइले भारतद्वारा अतिक्रमित लिपुलेकको बारेमा समेत चीन बोल्न तयार रहेको बताए। यस अघि चिनियाँ दुतावासले दुई देशको भूमि सम्बन्धि समस्यालाई वार्ताको माध्यामबाट हल गर्न सुझाव दिएको थियो । चिनियाँ दुतावासका प्रवक्ता वाङ सिओयोलोङले गत बिहिबार जारी गरेको विज्ञप्तिमा चीनले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गरेको स्पष्ट पारिएको छ ।

कालापानी क्षेत्रको विवाद मैत्रीपूर्ण परामर्श र वार्ताका माध्यामबाट समाधान गर्ने सदिच्छा व्यक्त गरिएको छ । ‘चीन सधैँ नेपालको सम्प्रभुता र भौगोलिक अखण्डताको सम्मान गर्छ, चिनियाँ पक्ष सदिच्छा व्यक्त गर्न चाहन्छ कि नेपाल र भारतले मैत्रीपूर्ण परामर्श र संवादमार्फत् कालापानीमाथिको विवाद समाधान गर्नेछन्’, विज्ञप्तिमा भनिएको छ ।

‘भर्खरै भारतले कालापानी क्षेत्रलाई समेटेर जारी गरेको नयाँ नक्साले नेपाल–भारत सीमा विवादलाई तीव्र बनाएको छ । नेपाली पक्षले यसमा धेरै चासो र असन्तुष्टि व्यक्त गरेको छ । यसबारे चीनको धारणा के छ ?’, भनेर प्रश्न गरिएको थियो । सो प्रश्नको उत्तरमा प्रवक्ता वाङले यो दुई देशको आपसी विषय भएकाले वार्ताबाटै समाधान होस् भन्ने चाहेको उल्लेख गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!