किशोर श्रेष्ठ र दिपक बोहोराको गोप्य टेलिफोन कुराकानी बाहिरियो , रबिलाई कहाँ र कसरी ठेगान लगाउनु पर्छ…त्यो मलाइ थाहा छ।

काठमाडौ । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र रवि लामिछानेले सञ्चालन गर्ने ‘सिधा कुरा जनतासँग’का प्रोड्युसर दीपक बोहराबीच भएको टेलिफोन कुराकानी बाहिरिएको छ । कुराकानीमा श्रेष्ठले प्रोड्युसर दीपक बोहराको निकै झाँको झारेको सुनिएको छ । वार्तामा श्रेष्ठले भनेका छन्, ‘‘मैले चाहेमा तपाईंहरुलाई मिनेटमै सिध्याउन सक्छु तर म त्यो गर्दैन ।’’ श्रेष्ठले आफू रवि लामिछानेको शुभेच्छुक नै भएको बताउँदै भनेका छन् । ‘‘अनावश्यक पंगा नलिनुस् । आचार संहितामा बस्नुस् ।

सिद्धान्तमा बस्नुस् । गरेर खानुस् । मेहनत गर्नुस् भनेको हो कि होइन ? मैले कोडअफ कन्डक्ट हेर्ने हो । अमेरिका छोडेर नेपाल आएर प्रेसपास लिनुस् पहिले नै भनेको हो कि होइन ?’’ अध्यक्ष श्रेष्ठले ‘‘तपाईं रविको कुरा नगर्नुस् ।आफ्नो कुरा गर्नुस।रवि लाई कहाँ कसरी ठेगान लगाउनुपर्छ वा उकास्नुपर्छ ? त्यो त मलाई थाहा छ’’, भनेको वार्तामा सुनिएको छ । कार्यवाहक अध्यक्ष श्रेष्ठले बारम्बार अ*नभेरिफाइड स्टोरी कसैले पनि प्रकाशन वा प्रसारण गर्न नहुने सुझाएका छन् । आफ्नो रातो पासपोर्ट प्रकरण को कुरा उठाउँदै सोधेका छन्, ‘‘रातो पासपोर्टको बारेमा मसँग बुझ्नु भो, मलाई सोध्नु भो ?’’

श्रेष्ठले अ*नावश्यक हिरो हुन खोज्नु जरुरी छैन भन्दै कार्यक्रम प्रोड्युसरको ना*ताले त्यसको ज*वाफदेही बोहरा पनि हुनुपर्ने उल्लेख गरेका छन् । श्रेष्ठले शालिकराम पुडासैनीको आ*त्मह*त्या प्रकरणमा प*र्दाप*छाडिको भूमिका आफूलाई राम्रैसँग थाहा भएको बताउँदै भनेका छन्, ‘‘तपाईंहरुले गरेका सबै त*थ्य मसँग छ । हा*वाहु*ण्डरीको पछि लागेको भदै भएन । तपाईंका ग*तिविधि र ध*न्दाहरु मलाई थाहा छ नि । रवि लामिछानेजस्तो फ*टिचरलाई उ*कास्ने ?’’बाँकी कुराकानी सुन्नुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!