अनतः पत्रकार खेम भण्डारी कारागार च’लान

1 min read

कञ्चनपुरका पत्रकार खेम भण्डारी कारागार चलान भएका छन्। जिल्ला अदालतले ‘तुच्छ सजाय’ तोकेका पत्रकार भण्डारीलाई अदालत परिसरबाट पक्राउ गरी का’रागार च’लान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दले भण्डारीलाई केही बेर अघी मात्र का’रागार च’लान गरिएको दिनेश खबरलाई जानकारी दिए। निर्मला हत्या प्रकरणमा भण्डारीले सञ्चार माध्यमबाट जथाभावी समाचार लेखेको र प्रशारण गरेको भन्दै जिल्ला अदालतले एक घण्टा कैद सजाय सुनाएको थियो। सोही सजाय अनुसार भण्डारी एक घण्टा कारागार बसेका छन, उनले एक रुपैयाँ जरिवाना पनि बुझाएका छन्।

भण्डारीले कञ्चनपुर कारागारमा १ घण्टा जेल कटाएपछि मंगलवारै छुट्ने जनाइएको छ । जिल्ला बार इकाइले पत्रकार भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेको थियो । पत्रकार भण्डारीले आफूले कुनै गलत काम नगरेको भन्दै अदालतका शर्त मान्न अस्वीकार गरेका थिए । पत्रकार भण्डारी महेन्द्रनगरबाट प्रकाशित हुने मानखण्ड दैनिकका सम्पादक, रेडियो महाकालीका सञ्चालक तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष समेत हुन् ।-दिनेश खबरबाट

 

Facebook Comments
error: Content is protected !!