बिदेशमा कमाएको सम्पति कुम्ल्याएर उल्टो मलाई ढोका बन्द गरेर धेरै पि:टाइ खाँएको छु श्रीमतीको हातबाट

1 min read

बिदेशमा कमाएको करोडौको सम्पति कुम्ल्याएर उल्टो मलाई ढोका बन्द गरेर धेरै पि:टाइ खाँएको छु श्रीमतीको हातबाट-श्रीमती पि’डित – तेजबहादुर भण्डारी : महिला अधिकारका विषयहरुमा धेरै बहस भएका छन् । धेरै छलफल भएक छन् । कुनै महिलालाई अप्ठे’रो परे महिला अधिकारको कुरा जोडबलले उठ्छ उठ्नु पनि पर्छ । अझ महिला माथि हुने घरेलु हिं’शा, शोष णका कुराहरु उठाइरहदा नेपालमा पुरुष माथि चाहिँ यस्ता समस्या छन् छैनन भन्ने विषयमा कसैले ध्यान दिएको पाइदैन ।

एउटा परिवारबाट महिलामाथि घरेलु हिं’शा हुन सक्छ, एउटी श्रीमतीलाई श्रीमान्ले विभिन्न ट’र्चर दिन सक्छ भने महिलाले दिन सक्लिन कि नसक्लिन ? महिला हिं’शा, महिला अधिकारकारको कुरासँगै आज म एउटा पुरुष हिं’शाको विषय उ’ठान गर्न चाहान्छु । अरु कसैको नभएर म मेरै पी’डा यहाँ प्रस्तुत गर्न चाहान्छु । मेरो पुरानो घर रामेछाप, पिंखुरी हो । झापा गाउँपालिका वडा नम्बर ६ मा म विगत केहि वर्षहरुदेखि बस्दै आएको छ ।

पुरुष माथि हिं’शा हुँदैन भन्ने विषय म यहाँ प्रस्टाउन चाहान्छु । म पूर्व सैनिक हुँ । नेपाली सेनामा मैले काम गर्दा गर्दै मेरी श्रीमतीको आग्रह अनुसार म जागिर छाडेर विदेश गए । म करिब ८ वर्ष विदेश मै बसे। धेरै युद्ध हुने देश अ’फगा’निस्तानमा मैले काम गरे । य त्यहाँ सुपरभाइजरको रुपमा कार्यरत थिए । अफ’गानि’स्तानमा कुन बेला को मर्छ ठेगान हुँदैन थियो । मैले ज्यानको बाजी मारेर त्यहाँ काम गरे ।

काम गरे अनुसार कमाई पनि मेरो राम्रो थियो । मैले त्यहाँ बसुञ्जेल ज्यानको प्रवाह नगरी काम गरे जसको फलस्वरुप मैले त्यस अवधिमा करोड रुपैयाँ हारहारीमा कमाए। म सन् २००७ देखि २०१४ सम्म विदेशमै रहेँ । मैले कमाएको रकम पकेट मनि बाहेक सबै रकम म मेरी श्रीमतीलाई पठाउथे । त्यस अवधिमा मैले ९० लाख रुपैयाँ भन्दा माथि नै श्रीमतीलाई पठाएको छु। यो रकम कुन मितिमा कति पठाए भन्ने अधिकांश जस्तो प्रमाणहरु मसँग सुरक्षित छन् ।

ज्यानको खतरा भए पनि कमाई एकदमै राम्रो थियो । तर सधै पैसाको पछिमात्रै लाग्नु हुँदैन भन्ने मनमा सोचे । मलाई लगभग पुग्ने कमाए भन्ने भयो । झापमा घर समेत आफ्नो नाममा बनिसकेको थियो । विभिन्न ठाउँ हरुमा लगानी समेत श्रीमतीले गरिसकेकी थिइन् । म बिदामा नेपाल आउथे, जान्थे । केहि समय परिवारसँग रमाइलो गरेर म पुनः विदेश आउने जाने गर्दा गर्दै पनि थोरै सम्पत्ति जोडिए पछि अबको जिंदगी परिवारसँगै जिउछु ।

विदेशमा पसिना बगाएर जोडेको सम्पत्तिले परिवारसँग खुसी साट्छु भन्ने निधो गरे । यो कुरा मैले श्रीमतीलाई सुनाए। तर मेरो कुरामा श्रीमती राजि भइनन् । उनको आग्रह थियो विदेशमै बस्नु । घरको सबै म हेरिहाल्छु किन तपाई आउनु हुन्छ भन्ने श्रीमतीको आग्रह हुँदाहुँदै पनि स्वदेश फर्किए । मैले श्रीमतीको आग्रहलाई अस्वीकार गरेँ किनकी म श्रीमतीलाई विदेशमा बसेर होइन सँगै बसेर सुख दिन चाहान्थे ।

अझ मूख्य कुरा म मेरा सन्तानसँग हासिखुसी जिंगदी बिताउन चाहान्थे । यसकारण म श्रीमतीको आग्रहलाई अस्वीकार गर्दै नेपाल फर्किए। आफ्नो आग्रहलाई अस्वी’रकार गरेका कारण मसँग मेरी श्रीमती थोरै रिसाएकी पक्कै थिइन। तर श्रीमान्– श्रीमतीको झ’गडा परालको आँगो भन्ने उखानसँग मिल्ला भन्ने सोचे । नभन्दै म आएको एक महिनासम्म अलिअलि रिसाए पनि स’म्बन्ध राम्रै टिक्यो ।

मेरी छोरी छिन् ८ वर्षकी । मैले कमाएर पैसाले दिएको खुसी भन्दा मलाई मेरो परिवार लाग्यो । मेरी सानी छोरी मेरो काखमा बस्दा मलाई छुट्टै किसिमको आनन्द थियो । साझ सुत्दा छोरीसधै बाबासँग सुत्छु भन्थिन् । खाना कहिले म पकाउथे त कहिले श्रीमतीले पकाउथिन् । थोरै घरझगडा भए पनि एक महिना राम्रैसँग चलिरहेको थियो जिंदगी । दिनवित्दै गए हाम्रो स’म्बन्धमा समस्याहरु सिर्जना हुँदै गए ।

मैले कमाएको रकमले घर जो’डिएको थियो । एउटा निजी विद्यालयमा लगानी गरिएको थियो । अन्य क्षेत्रमा गरिएको लगानीहरु सबै श्रीमतीको जि’म्मामा थिए । आफ्नै श्रीमती भएका कारण मैले वास्ता धेरै गरिनँ पनि । एक दिन मैले लगानीको विषयमा श्रीमतीसँग जिज्ञासा राखेँ । त्यहाँबाट शुरु भयो खटपट । त्यसदिन देखि श्रीमतीले मलाई रातदिन गा’ली गर्न थालिन ।

श्रीमतीले गा’ली गर्दा मैले जवाफ फ’र्काउ भने झ’गडाले ठूलो रुप लिन्छ र हाम्रो परिवारमा झन स’मस्या आउला भन्ने विषयले मलाई सताइ रहन्थ्यो । यसकारण म सधै श्रीमतीको गा’ली सुन्न बाध्य भए । श्रीमतीलको गा’ली अझ ठूलो रुप लिदै गयो म सहि रहेँ । बिहना बेलुका खाना बनाउनेदेखि लिएर घरका कामहरु गर्ने जिम्मा मेरै काधमा ओहिरियो ।

म गरिरहे । तरपनि कम भएन समस्या । कहिले काहि कमाएको पै’साको कुरा उठथ्यो । घ’रझ’गडा शुरु भइहाल्थ्यो । श्रीमतीको भाई मेरो सालो गजेन्द्र हुनु हुन्छ । मैले मेरो गुनासो वहाँलाई सुनाए । वहाँले भेना चि’न्ता नलिनु म दिदीलाई सम्झाउछु भनि रहनु हुन्थ्यो । आज सुनाए भोलि सुनाए । सधै मैले घरको समस्या समाधान होला कि भनेर वहाँलाई सुनाए । जुन दिन मैले वहाँलाई सुनाए ।

त्यो दिन साझ झन ठूलो झ’गडा हुन थाल्यो । ‘तैले क–कसलाई सुना’इस ?’ भन्दै श्रीमतीले ढो’का थुनेर एक दिन पि’टिन् । त्यसदिन देखि शुरु भयो मेरो पि’टाइ खाने क्रम । श्रीमतीले गा’ली गरेको कुरा बाहिर थाहाँ पाए भने घरमै बद्ना’म हुन्छ भनेर सहेको मान्छे म अब श्रीमतीले नै कु’टिन भनेर कसलाई भन्न जाउँ ? भन्दा पनि आफ्नै ब’द्नाम हुने । त्यहिँ पनि सहेँ मैले ।

यसरी मोडिएको थियो जीवन : २०५८ सालमा म सेनामा भर्तिभए । दोलखाको जिरीमा तालिम गरेँ । तालिम पछि म भोजपुरमा खटिए । ४ वर्ष म त्यहाँ बसे । २०६३ सालको दशै मानेर फर्किदा मेरो पल्टन इटहरी झरेको थियो। म इटहरी मा हाजिर भएँ । तालिमको लागि म धनकुटा जानु पर्ने भयो । २ नम्बर बाहिनी हिलेमा पठाइयो ।

धरानको बसपार्कबाट गाडी चढे । गाडीमा सिट फूल थियो । मेरो छेउँमा एक महिला उभिएको देखे । म त उभिन सक्छु, बोरु महिलालाई सिट छाडिदिनु परो भन्ने सोचे । ति महिलालाई बस्नुस भनेर मैले सिट छाडे । गाडी अगाडी बढ्दै गयो अलि अगाडि पुगे पछि वहाँको सिटको छेउँको मान्छे बसबाट ओर्लनु भयो । मैले जसलाई सिट छाडे वहाँको छेउँको सिट आली भए पछि मलाई वहाँले आउनुस बस्नु भयो भयो ।

म त्यहाँ बसे त्यो सँगै हाम्रो परिचय भयो । वहाँको नाम तारामाया राई रहेछ । चिन जान भयो, मैले नेपाली सेनामा जागिरे छु भने । चिनजान बढ्दै गयो । वहाँ पनि धनकुटा नै जानु भएको रहेछ । म जहाँ झरे वहाँ पनि त्यहिँ झर्नु भयो । गाडीबाट सँगै ओर्लिए पछि वहाँले चिया खाऔं भन्नु भयो, हुन्छ भनेर हामीले होटलमासँगै चिया खायौ ।

त्यहिँ भेटबाट हामी नजिकियौं । हामी नजिकिएसँगै सम्बन्ध प्रेममा बदलियो । वहाँले नेपाली सेनामा जागिर खाएर कमाई राम्रो हुँदैन विदेश जाने हो भन्नु भयो । वहाँले मलाई इराक अफगानिस्तानमा सेक्युरिटी गार्डमा जानुस राम्रो कमाई हुन्छ भन्नु भयो । आफूलाई यसबारे जानकारी भएको पनि बताउनु भए पछि म पनि पैसामा लोभिए । धेरै राम्रो कमाई हुन्छ भन्ने भए पछि किन नेपालमा बस्नु परो त भन्ने सोचे ।

त्यसपछि म घर गएँ । जागिर छाडेर पासपोर्ट बनाए । पासपोर्ट बनाएर आए पछि अब के गर्ने भन्ने भयो । विदेश जानका लागि प्रोसेस वहाँलेनै चालिदिनु भयो । भिसा नलाञ्जुले सम्म मेरैमा बस्नु भन्नु भयो । वहाँ झापाको शरणमती–६ मा बस्नु हुन्थ्यो । म वहाँसँगै करिब ७ महिना बसे । वहाँले नै मलाई विदेश पठाउन प्रोसेस गरिदिनु भयो । नभन्दै भिसा लाग्यो । इराक, अफगानिस्तान इलिगल भएका कारण दुबईमा भिजिट भिसा लागेको थियो ।

२००७ सेप्टेम्बर २२ मा इराक जानका लागि भनेर दुबई हुँदै उठे । म पुगे । काम राम्रै पाए । १०९० डलर तलब थियो । ४ महिनादेखि ६ महिनामा नै छुट्टि आउन मिल्थ्यो । त्यो तलब बाहेक पनि मैले महिनामा ओभर टा’इम गरेर सोहि बराबरको रकम कमाउथे । युद्ध मैदान भएका कारण काम हामीले त्यहाँ गरे पनि तलब भने बुझ्न पाइदैन थियो । पकेट मनि भनेर ५० डलर दिइन्थ्यो ।

खाना बस्न सबै व्यवस्था भएकाले पैसाको त्यति आवश्यक पनि थिएन। सुरक्षाका कारण नेपालमा भएका आफन्तलाई सिधै रकम पठाउनु पर्ने रहेछ। मैले मेरो श्रीमती तारामाया राई हो वहाँलाई नै पठाइदिनोस भनेर लेखाए। मेरो पहिलो तलब अक्टोबर २८ तारिकमा आएको थियो । त्यो रकम सिधै तारामाया राईको नाममा वेस्टर्न युनियनबाट नेपाल पुगेछ । रकम पठाइएको स्लिप कम्पनीले मलाई दियो ।

२००९ सम्म मैले वेस्टर्न मै रकम पठाए । त्यसपछि भने मैले बैंक खाता खोले । आफ्नै खातामा रकम जम्मा हुने भयो । त्यसमा श्री’मतीले आपत्ति जनाइन् । मेरो खातामा जम्मा भए पनि एटिएम कार्ड म तिमीलाई नै छाड्छु, तिमीले नै निकाल्नु भने । २००९ को डिसेम्बर देखि मेरो खातामा रकम जम्मा हुन थालेको थियो । म बिदा आएको बेला मैले मेरो चेकमा हस्ताक्षर गरेर खाली राखेर दिए अनि एटिएम पनि उनलाई नै दिए ।

त्यसरी नै रकम निकाल्ने गरिरहेको थियो । पछि फेरी म बिदामा आउदा उनले यो झण्झटिलो भयो भनिन। त्यसपछि मैले बैंकको मेनेजरसँग के गर्दा सहज होला भनेर सल्लाह गरे । वहाँले हस्ताक्षर अधिकार दिनुस भन्नु भयो । एउटा फारम भरेपछि हस्ताक्षर तारा माया राईको गरे पनि मेरो खाताबाट रकम निकाल्न मिल्ने भयो । नविल बैंकमा मेरो खाता भयो । अहिलेसम्म पनि खाता मेरो भए पनि श्रीमतीको हस्ताक्षरले रकम निस्कन्छ ।

म बिदामा आउदा कहाँ कहाँ खर्च भयो भनेर सोध्थे । घर किनेको त मलाई थाहाँ थियो। अन्त स्कूलहरु कताकता लगानी छ भन्ने जवाफ पाउथे। धेरै समय बस्न नपाउने भएकाले हो होइन भन्ने छुट्याउन पनि पाइन। मैले ओभर टाइमबाट कमाएको रकम खल्तीमा हालेर ल्याउथे । काठमाडौं ओर्लिए पछि रकम सटही गरेर म झापा हवाइजहाजमै जान्थे । पकेटमा भएको रकम समेत म श्रीमतीलाई नै दिन्थे ।

मेरो पसिनाको कमाई सदुपयोग भएन भन्दा सम’स्या : मैले रकम कहाँ– कहाँ खर्च भएको छ भनेर सोध्दा वहाँले शुरुमा स्कूलमा, जग्गामा कताकता भनेर क्लियर नहुने किसिमको जवाफ दिनु हुन्थ्यो । तर पछि पछि तेरो केहि पनि छैन । तैले कमाए पठाएको के प्रमाण छ भनेर भन्ने जवाफ आयो । एकदिन म, मेरो भाई र आमा बसिरहेका थियौ । मेरो साइलो भाई, मेरो बहिनी र आमा आउनु भएको थियो ।

आमालाई नबोला भन्ने श्रीमतीको आग्रह थियो । मैले टेरिन । त्यसपछि मेरो श्रीमती माइतै गएर बसिन। २, ४ दिन भएको थियो। घरमा खाना खाएर बेड रुपमा ढल्किएको थिए । हिजो म दिदीलाई सम्झाउछु । मिलेर बस्नुस भन्ने सालो आएर एक्कासी मलाई हिर्का उनु भयो । मेरो दिदीलाई तनाब देको भन्दै । मलाई मेरै भाई र आमाको अगाडि पिटियो । मेरै घरमा त्यो पनि बेड रुपमा बिना गल्ती फेरी मेरो जोसँग कुनै कुरा नै थिएन उसले हिर्काए पछि मलाई असह्य भयो ।

भाईले किन हात उठाएको भन्यो ? मेरो भाईलाई नै २४ घण्टाभित्र जे पनि गर्न सक्ने धम्की आयो । तयसपछि मैले भाईलाई नबोल्न भने । त्यसको भोलि पल्ट मैले मैले जिल्ला प्रशासन कार्यालयमा गएर निवेदन हाले । त्यो निवेदन जिल्ला प्रहरी कार्यालय हुँदै इला का प्रहरी कार्यालयमा पुग्यो । म चौकी गए पछि त्यहाँको सई सापले फोन गर्नु भयो सालोलाई । सालोले फोनमा दुई झा’पड हानेर पठाइदिनु भन्ने जवाफ दियो ।

सई सापले मुसुक्क हास्दै त्यसो गर्न मिल्दैन भननु भयो । त्यसको भोलि पछि छलफलका लागि बसियो । तर सबैले मेरो ग’ल्ती देखाए । सालोले सबैको अगाडि मा’फी मागेको नाटक ग¥यो । प्रहरी चौकीबाट पनि केहि समस्या समा’धान भएन । मेरो घरभित्रै म कु’टिदा पनि मैले न्याय पाउँदिन ? झापामा एउटा स्कूल छ निजी । त्यो स्कूल गजेन्द्रले २५ लाखमा किन्नु भएको थियो । यसको म प्रमण देखाउन चाहान्छु । वहाँले १० लाख नगद र १५ लाख उदारोमा किन्नु भएको थियो ।

भाकामा १५लाख तिर्न नसकेपछि स्कूलमा ताला लागेछ। त्यसपछि मलाई स्कूलको प्रिन्सिपलले हामी अप्ठेरोमा पर्यौ १५ लाख सहयोग गर्नु परो ६० प्रतिशत सेयर तपाईको हुन्छ भन्नु भयो । मसँग पैसा थियो अप्ठेरोमा परेकाले सहयोग गरौं भन्ने लाग्यो । कागज पछि गर्ने सल्लाह थियो । कम्पनी रजिष्टारको कार्यालयमा गएर दिदीको नाममा सेयर बनाइदिने भने पनि वहाँले बनाइदिनु भएन । पछि एउटा कागज गरिएछ त्यहाँ २५ प्रतिशत सेयर दिएको ब्यहोरा रहेछ । त्यहि पनि आफ्नो मान्छे भएका कारण मैले चुप लागे ।

श्रीमतीको अत्याचार मैले सहिरहे । अत्याचारले हद नाघेपछि म घर छाडेर काठमाडौं आए । बाच्नु त परो, के गरौं भने । काठमाडौंमा मैले जागिर सहजै पाउने सम्भावना थिएन । त्यसकारण मैले सडकमा तरकारी बेच्न थाले । त्यसको केहि समय पछि मेरो श्रीमती काठमाडौं आएर फोन गर्नु भयो । त कहाँ छस, म आउछु विचार गर जस्ता नानाथरी बोल्नु भयो । मैले नआउ भने तर पत्ता लगाएर तरकारी बेचिरहेकै ठाउँमा आउनु भएछ ।

झगडा हुने स्थिति भयो । मेरो दाई हुनुहुन्थ्यो । म वहाँकै सहयोगमा तरकारी बेचेर जिविको पार्जन गर्न लागेको थिए । त्यहाँ झगडा हुने अवस्था आए पछि मैले दाजुलाई बुहारीलाई कोठामा लिएर आउनुस भने। कोठामा पुगे पछि सिधै तैले मलाई डि’भोर्स दिने कि नदिने भन्ने प्रश्न आयो । मैले कोठामा डिभोर्स दिन मिल्दैन भने । तिमीलाई डि’भोर्स चाहिएको हो भे सम्बन्धित निकाएमा जाऔंला भने ।

मैले मेरो भाईको पनि गराएको छु, किन हुँदैन भन्ने कुरा आयो । तर मैले मानिन । ति मीलाई म चाहिदैन भने तिमी पनि मलाई चाहिदैन तर मैले कमाएको सम्पत्ति त मलाई चाहिन्छ भने त्यसपछि वहाँ झापा फर्कनु भयो । २०७५ भदौ २० गते डेढ विगाहा जग्गा बेच्नु भएछ । जग्गा बेचे पछि वहाँले मलाई डिभोर्स पाउँ भन्दै मुद्धा हाल्नु भएछ ।

४ पृष्ठमा मेरो श्रीमानले मलाई लगाउन, खान दिएन, हाटबजारमा रक्सी खाएर आएर मलाई पिट्यो, घरबाट निकालिदियो म माइतीका घरमा बसेको छु लगायतका झुटै झुट लेखिएका थिए। त्यसमा कहिकतै सत्यता थिएन। यतिसम्म की मुद्धामा मेरो श्रीमानले बिवाह दर्ता गरौं भन्दा मान्नु भएन लेखिएको छु । यो ठिक उल्टो हो । किनकी यसको प्रमाण म सँग छ ।

मैले वडा कार्यालयमा गएर चिनजानै कर्मचारीहरुलाई बिवाह दर्ता गरिदिनु परो भनेको थिए । वहाँले मान्नु भएन । मैले श्रीमतीसँग बिवाह दर्ता गरौं भने श्रीमतीले पनि मलाई अप्ठेरो पर्छ नगरौं भन्नु भयो । पछि वहाँले २०७०।०९। १६ मा नाता प्रमाणित गराउनु भएछ । बिवाह दर्ता नै नभई कसरी नाता प्रमाणित भयो त ? वडा कार्यालय भनेको वडाभरीका नागरिकलाई सेवा दिने कार्यालयले बिवाह दर्ता गरौ भन्दा नमान्ने अनि मलाई जानकारी नै नभई बिवाह दर्ता नै नगरी केको आधारमा नाता प्रमाणित भयो त ?

फेरी म सँग मेरो श्रीमतीको मतदाता परिचय पत्र पनि छ, त्यहाँ श्रीमानको नामको ठाउँमा मेरै नाम छ, तेजबहादुर भण्डारी। मैले केहि गरौ भन्दा नमान्ने वहाँ। अझ वहाँले वडा कार्यालयमा बैवाहिक सम्बन्ध कायम नगरीपाउँ भनेर निवेदन हाल्नु भएको छ । अहिले वहाँले नै बिवाह दर्ता गर्न मानेन भनेर उल्टै मुद्धा हाल्नु भएको छ । वहाँले हालेको मुद्धा भदौ २९ गते दर्ता भएको थियो ।

त्यहाँ ठेगाना शरणामति–६ ठेगानामा म्याद गएको रहेको छ । मैले थाहाँ पाएको थिएन। वहाँ आफैले अदालतबाट आएको म्याद बुझ्नु भएछ । र मैले बुझेको भनेर हस्ताक्षर गरिएछ । पत्र बुझेको ३० दिनभित्र अदालतमा म हाजिर भएर प्रतिउत्तर पत्र दायर गर्नु पर्ने थियो । म्यादभित्र म नगए तारामायाको जित हुने थियो । त्यहिँ अनुसार म काम गरे । २८ दिन पछि मैले थाहाँ पाए । मलाई मु’द्धा लागेको छ भन्ने थाहाँ पाए पछि म झापा गए ।

तारामाया राईकै वकिल डिकबहादुर बुढाथोकीले मलाई फोन गर्नु भयो । वहाँले मलाई तपाईको श्रीमतीको वकिल हो, तपाई वि’रुद्ध श्रीमतीको मु’द्धा परेको छ । तपाई मलाई आएर भेट्नुस भन्नु भएको थियो । तपाईको म्याद सकिएला तपाई छि’टो आउनुस भन्नु भयो । मेरो बुवाको तिथी थियो त्यो सकेर म झापा गए । झापाको चारअलीमा वकिलले मलाई भेट्न भन्नु भयो । चन्द्रगढीको एउटा होटलमा बस्न वहाँले आग्रह गर्नु भयो ।

म यतिठूलो होटलमा ब’स्न सक्दिन । म खर्च धेरै छैन भने । वहाँले मेरो घर नजिकै हो, तपाईसँग गफ गर्न सजिलो हुन्छ । तपाई यहिँ बस्नुस बोरु खाना बाहिर खानुस भन्ने हुन्छ । वहाँको धेरै आ’ग्रह पछि म राजि भए । होटलमा बसे । वहाँले मलाई मु’द्धाको कागज देखाउदै मैले मुद्धामा ठेगाना रामेछापको राखेको छु । तपाई त्यहिँ गएर बस्नुस । तपाईको ठेगानमा पत्र पुग्दैन ।

तपाईले पत्र नबुझेपछि तपाईको श्रीमतीको मु’द्धा अगाडि बढ्दैन भन्नु भयो । पछि मैले बुझे, ठेगाना रामेछाप थिएन। मलाई शंका लाग्यो। त्यसपछि म अदालतमा गए । एक जना कर्मचारीलाई मैले मेरो नाममा मु’द्धा छ छैन भनेर हेर्न लगाए । मेरो नाममा मु’द्धा थियो, ठेगाना पनि झापाकै थियो । अदालतका कर्मचारीले मलाई प्रतिउत्तर हाल्ने एक दिन मात्रै म्याद छ भने पछि म अत्ततालिए ।

हता’रहतार लेख्न लगाएर मैले प्रतिउत्तर अदालतमा हाले । त्यसको २ दिन पछि डिकबहादुर वकिल सापले मलाई फोन गर्नु भयो । मैले शुरुमा केहि नथाहाँ पाएको जस्तो गरे। वहाँले तपाईले मुद्धाको प्रतिउत्तर हालिसक्नु भएछ मैले थाहाँ पाइसके भन्नु भयो । त्यस पछि मैले हो सर भने । त्यसपछि मलाई दिनदिनै वकिलको फोन आउन थाल्यो । वहाँले मलाई विभिन्न किसिमका टर्चरहरु दिन थाल्नु भयो ।

टर्चरले सीमा नाघिसके पछि म झापा गए। त्यहाँ वकिलहरुको संस्था नेपाल बार एशोसिएसनमा मलाई फलानो वकिलले टर्चर दिएको भनेर निवेदन दर्ता गराए । त्यसपछि भने मलाई फोन आउन छाड्यो । मुद्धाका कारण म झापा गइरहने पर्ने भयो । तारिक सकेर म मेरो बहिनीकोमा गए । म जति झापा बसे सधै उहीँ बहिनीको हातबाट टिका लगाए । होटलमा बस्न पैसा थिएन । म त्यहिँ बहिनीकोमा बसे ।

भोलि बहिनीको माइतमा गए । म बहिनीको बुवाआमासँग गफ गरेर बसिरहेको थिए । २ जना प्रहरी आउनु भयो । तपाईलाई तपाईको श्रीमतीले उ’जुरी गर्नु भएको छ तपाई चौकी जान पर्ने भयो भन्नु भयो । म मेरै श्रीमतीले हालेको मुद्धाका कारण तारिक धाइरहे को छु चौकी जादिन भने । त्यसपछि प्रहरी जानु भयो । साझ म आफै चौकी गए । त्यहाँ घनश्याम भन्ने सई साप हुनुहुन्थ्यो ।

मैले वहाँलाई तेजबहादुर भण्डारी भन्ने म नै हो भने । लु के गर्न परो ? किन प्रहरी पठाउनु भएको भने ? वहाँले चौकी बस्न भन्नु भयो । तर मैले मानिन । साझ बहिनीको घरमा खाना खाएर बसिरहे । केहिबेर गफ गरि सके पछि बहिनी र आमाहरु सुत्नु भयो ।मलाई निन्द्रा लागेको थिएन । राति ११ बजेतिर इलाका प्रहरी कार्यालय कुमारखौद र टा’गान्डुगा दुई वटा प्रहरी कार्यालयका प्रहरीहरु आउनु भएको रहेछ ।

बाहिर हेरे । प्रहरीको सई साप हुनुहुन्थ्यो । वहाँले तपाईको घर घेरिएको छ, तपाई हामीसँग जानु पर्छ भन्नु भयो । वहाले मलाई असुरक्षित हुनुहुन्छ भन्नु भयो । मैले तपाईहरु प्रहरी म गेट लगाएर बसेको छु । कसैले घर घेरेको छ, म असुरक्षित छु भने तपाईहरु ले तिनीहरुलाई पक्राउ गर्नुस न म किन जानु भने । तर वहाँले जानै पर्छ भन्नु भयो । त्यसपछि मैले बहिनी म जान्छु भने ।

गेट खोलेर म प्रहरीको गाडीमा चढे । गाउँका सबै महिलाहरु त्यहाँ आउनु भएको रहेछ । मलाई चौकी लगे पछि श्रीमतीको पेन्सन पट्टा चोरिएको आरोप लगाइयो । मैले अ’स्वीकार गरे । मलाई झुठा आरोप लगाइएको थियो । मलाई अर्काको पेन्सन पट्टा लगेर के फाइदा हुन्छ मैले लगेको छैन भने । त्यहाँ सबै भेला भएर मलाई चोर बनाए । म रोहि कराई गरे । मेरो आशु देख्ने त्यहाँ कोहि थिएन ।

म अन्यायमा परेको छु, म चोर होइन भने मेरो रोइ कराई कसैले सुनेनन । भोलि पल्ट तारिक थियो । सई सापले दुबै पक्ष तारिक धाएर जिल्ला प्रहरी कार्यालयमा हाजिर हुनु भन्नु भयो । वहाँहरुका पक्ष मोटरसाइकदमा अदालत जानु भयो र तारिक बुझ्नु भयो । म गाडी चढेर जादा ढिला भयो । अदालतमा तारिक सकिए पछि अब जाउँ जिल्ला प्रहरी कार्यालय भने । त्यहाँ भएका सबेले आ–आफ्नो घर जाऔं भन्नु भयो ।

मेरो त मुटुमा बिझेको थियो । यसकारण म कुमारखोद इलाका प्रहरी कार्यालय पुगेर सई सापलाई भेटे । मलाई निकै अपमानित गरिएको छ । म चोर हुँ भने प्रमाणित गरेर सजाइदिइओस नत्र चोर आरोप लगाउनेलाई कारबाही गर्नु परो भनेँ । धरान जाउँ, पेन्सन लिइरहेको छ वा छैन त्यसपछि हराएको नहराएको थाहाँ हुन्छ भनेर मैले सई सापलाई भने पछि वहाँले तारामाया राईलाई फोन गर्नु भयो ।

मैले पेन्सन खाइरहेको छु मेरो पट्टा हराएको छैन । पुरानो चाहिँ ह’राएको भनेको हो भनेर सई सापलाई तारामाया राईले जवाफ दिनु भयो । त्यसपछि मैले सई सापलाई लु अब मैले न्याय पाउछु कि पाउदिन भनेर मैले इलाका प्रहरी कार्यालयसँगै महिला सञ्जालमा समेत निवेदन हाले । तर कसैले छलफल बसाउन सक्नु भएन । तारामाया राईको एउटा ठाडो निवेदनका आधारमा मलाई ११ बजे राति गिरफ्तार गर्न मिल्ने तर म अन्याय परेको सबैले थाहाँ पाउदापाउँदै पनि छलफल समेत राख्न किन सकिएन? मैले महिला सञ्जा लमा निवेदन हालेको थिए । सञ्जालको अध्यक्ष वृन्दा दाहालले यस्तो निवेदनमा छलफल गराएको छैन भन्नु भयो ।

त्यो सञ्जालको सचिव मेरो श्रीमती तारामाया नै भएका कारण होला । पदमा बसेका मान्छेले जे अन्याय गरे पनि सहनु पर्ने । त्यसपछि काठमाडौं आए । त्यसपछि मलाई झापा गाउपालिकाकी उपाध्यक्ष कुन्ती बुढाथोकीले छल’फलमा उपस्थिति हुन भनेर पत्र का’ट्नु भएको रहेछ । तरामाया राई जसले कहिले बैपवाहिक सम्बन्ध नगर्ने भनेर वडामा निवेदन हाल्नु हुन्छ कहिले बिवाह दर्ता गरेन भनेर झु’ठा आ’रोप ।

कहिले घरमै भाई ल्याएर कुटाउने त कहिले चौकीमा लगेर थुनाउने । चोर दोश लगाउने गर्नु हुन्छ । वहाँको ठाडो निवेदनका आधारमा म पक्राउ पर्छु । मलाई छलफलका लागि बोला इन्छ । तर मेरो कुरा त केहि पनि सुनिदैन । उपाध्यक्ष बुढाथोकीले भाई तपाई यहाँ आउनु पर्छ भन्नु भयो । श्रीमतीले निवेदन हालेको रहेछ । मैले खर्च पनि छैन म अहिले आउन सक्दिन भने ।

वहाँले यसपाली जसरी पनि मिलाउने कुरा छ भाई तपाई आउनुस भने पछि मलाई धेरै शाखा जाग्यो । आशा बोकेर म गए । झापमा मेयर। उपमेयर, भद्रभलाद्मी सबै भेला भएका थिए । शुरुमा मलाई ३ लाख, ५ लाख दिन्छु भनियो । तेरो केहि छैन । त ……. यस्तो त्यस्तो भनेर नानाथरी गाली गर्दै तारामाया राईले मेरो कलर समात्दा पनि त्यत्रो भलाद्मीहरु हेरेका हेरै भए ।

न्यायालयकै अगाडी म अन्यायमा परे । मेरो पक्षमा कोहि बोलेनन । मैले कुन्ती दिदीलाई खै तपाईले मिला’उनु भएको ? मलाई यस्तै अमानित गर्न बोलाउनु भएको हो त दिदी भने । दिदीले नाजावाफ हुनुभयो । तयसपछि म नाइट बस चढेर काठमाडौंमा आए । त्यसपछि अदालतको मेलमिलापमा उजुरी हालियो । त्यहाँ छलफलमा बसियो । त्यहाँ तारामाया राईले मलाई मेरो श्रीमानले एक रुपैयाँ पनि पठाउनु भएको छैन भनियो ।

मेरो श्रीमती राप्रपाको जिल्ला सदस्य हो । यसकारण मलाई राप्रपाको पार्टी कार्यालयमा गए । त्यहाँ मलाई पैसा पठाएको के छ प्रमाण भनेर सोभियो । मैले केहि छैन भने । मेरो श्रीमतीले नै यहाँ छ भनेर बैंक स्टेटमेन्ट देखाउनु भयो । ४९ लाख ५० हजार २ सय ९९ रुपैयाँ त्यहाँ वहाँ आफैले देखाउनु भयो । वहाँले जम्मा ५० लाख मात्रै पठाएको भन्नु भयो । वहाँले यति भन्नु भयो कि यो २००७ मा विदेश गएकै होइन भन्नु भयो ।

त्यो सबै प्रमाण मसँग सुरक्षित छ । पासपोर्ट, भिसा, परिचय पत्र डुब्लिकेट बन्छ त ? वहाँले मलाई १५ लाख रुपैयाँ दिने प्रस्ताव गर्नु भयो । मैले मेरो ज्यान बाजी मारेर परिवारका लागि भनेर काम गरे । मैले र’गत पसिना बगाएर परिवारको खुसीका लागि भनेर कमाएको पैसा हो । तर मैले रगत पसिना बगाएर कमाएको पैसा त परिवार नै नहुने भए पछि त चाहियो नि ।

मैले वहाँको पहिलाको पैसा केहि चाहिँदैन भनेको छु । यो भन्नुको अर्थ वहाँको पहिलो श्रीमान् हुनुहुन्थ्यो। वहाँको श्रीमान् भारतीय आर्मीमा छदै देहा न्त हुनु भएको थियो । पहिलो श्रीमानबाट एक जना छोरा र छोरी छन् । मैले आफ्नै छोरा छोरी ठानेर खर्च गरेको छु । त्यो पनि मलाई चाहिदैन । खर्च भएको होस । तर वहाँलाई तेजबहादुर भण्डारी चाहिदैन भने मलाई पनि तारामाया राई चाहिदैन तर मैले कमाएको पसिना त सम्पति छ चाहिन्छ नि ।

मैले कमाएकोमा ति छोरा छोरीमा गरेको खर्चमात्रै होइन बाँकी रहेको सम्पत्ति पनि ३ भाग लगाऔं भनेको छु । हामी दुबै जनाको एउटा छोरी छिन् । हाम्री छोरीलाई एक भाग, अनि हामी दुबै जनालाई एक÷एक गरेर ३ भाग लगाऔं । छोरी नावालक छिन् । १७ वर्षसम्म संरक्षक बस्नु पर्छ । त्यसपछि पनि मेरो छोरीको सम्पुर्ण खर्च म आझै गर्न तयार छु । झापा शरणामतीमा जति वहाँको हक छ मेरो पनि त्यतिनै हक छ ।

वहाँले त्यहिँ ठाउँमा बस्न पाउदा मैले किन नपाउने ? म यहाँबाट जा’नै पर्छ भने पनि चन्द्राज्योति बोर्डिङ स्कूल, त्यहाँ भएको घर लगायतका सबै सम्पत्ति भाग लगाऔं र तीन भागको एक भाग लिएर जान्छु भने । तर मलाई १५ लाख लिएर जा भनिएको छ । म कसरी मान्न सक्छु । अहिले पनि फोन आउने क्रम जारी नै छ २० लाखमा मिल्ने हो भनिन्छ । नमाने मुद्धा हराइदिन्छु भनेर धम्काउने क्रम जारी छ ।

तारामाया राईसँग मेरो नम्बर थिएन । भदौं १९गते मेरो छोरीको जन्मदिन थियो । मैले फोन गरेर प्रिया भण्डारीलाई पाउन सकिन्छ भने । वहाँले राम्रो कुरा गर्नु भयो । अहिले छैन भरे गर्नु भन्नु भयो । पछि मैले फोन गरे छोरीलाई जन्म दिनको शुभकामना दिए । छोरी तिम्रो जन्मदिन भोलि म तिम्रो बर्थ डेमा आउँ ? मसँग पैसा धेरै छैन त्यहिँ पनि तिमीले बाबा आउनु भन्यौ भने म खोजेर आउछु भने ।

तर मेरो छोरीले बाबा तपाई नआउनु फोन पनि नगर्नु भनिन् । म साह्रै दुखत भए । हिजो सधै मसँगै सुत्ने छोरीले यसो भन्लिन भन्ने मैले सोच्नै सक्ने कुरा थिएन । पछि मेरो छोरीको फोटो एक जना नेपाली सेनामा कार्यरत मान्छेको फेसवुक प्रोफाइलमा रहेछ। त्यो मैले थाहाँ पाए पछि वहाँलाई सम्पर्क गरेर किन मेरो छोरीको फोटो राख्नु भएको हो ? के नाता पर्नुहुन्छ मैले त तपाईलाई चिनिन त भने ।

वहाँले शुरुमा त्यो आइडी कसैले चलाउनु हुन्छ भन्नु भयो। त्यसपछि फेरी वहाँले फोन गरेर मेरै हो भन्नु भयो । म चाहिँ आफैले जन्मदिएको छोरीलाई भेट्न पनि नपाउने अरुले चाहिँ फोटो फसेवुकमा राखेर हिडेको देख्दा मलाई दुःख लाग्यो । त्यो फोटो हटाउनुस नत्र म साइ’बर क्रा’इममा मु’द्धा हाल्छु भने । पछि त्यो कुरा झापा पुगेछ । झापाको सई सापले मलाई फोन गर्नु भयो तपाइृले एक जना लामिछाने भाइको जागिर धरा’पमा पार्दै हुनुहुन्छ भनेर ।

वहाँले बोलाउनु भयो । म गइन् । मैले टेकुमा गएर प्रहरीको अ’पराध महाशाखामा उजुरी गरे । त्यहाँबाट त्यति का’रबाही भएन । पछि त्यो आइडी नै ब्ल’क गरिएछ । यहाँ मैले दुःख पाएको कुरा मैले आफ्नै कारण पनि पाएको हुँ। गल्ती मान्छेबाटै हुन्छ । त्यो मबाट भयो । अहिले म पछुताइरहेको छ । मैले मेरी जेठी श्रीमती हुँदा हुँदै बिवाह गरेको हो । तर वहाँ पनि एकल महिला हुनुहुन्थ्यो ।

म प्रेममा फसेर एउटा एकल महिलालाई सहरा दिनु पर्छ भन्ने लाग्यो र बिवाह गरे । त्यसपछि पैसा पनि राम्रो कमाए । पैसा कमाएकै कारण अहिले यस्तो भएको हो । बोरु पैसा नकमाएको वा म युद्ध क्षेत्रमा केहि भएको भए त यस्तो हुने थिएन । अहिले मु’द्धा जिल्ला अदालतमा छ । मलाई आशा छ म अन्यायमा परेको मान्छेले न्याय पाउछु । यहाँ महिला अधिकारका धेरै कुराहरु हुन्छ ।

म मेरो भोगाईबाट के भन्न चाहान्छु भने महिलामात्रै होइन अन्या’यमा पुरुष पनि परेका छन। तर अधिकांश पुरुष सहेर बस्छन् । आफ्नो परिवार र सन्तानका लागि भनेर अ’न्याय सहन्छन् । कुरा बाहिर आउदा आफ्नो परिवार र सन्तानको चि’न्ता छोरा मान्छेलाई हुन्छ । यसर्थ म पुनः छोरा मान्छेलाई पनि अधिकार चाहिन्छ । महिला अधिकारको कुरामा मात्रै गरेर पनि भएन भन्न चाहान्छु । मैले बोलेका सबै कुराहरु प्रमाण मसँग छन् ।-हेर्नुहोस भिडियो ‘

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!