आलमकाे ध’म्की : ‘वो एसपी ने मेरे साथ गलत किया, उसका भी बुरा होगा ।’

1 min read

काठमाडौँ। कर्तव्य ज्या’न मुद्दामा न’ख्खु का’रागारमा रहेका पूर्वमन्त्री तथा कांग्रेस सांसद मोहम्मद आफताब आलमले रौतहट कारागार जान चलखेल थालेका छन् । आफूलाई जबर्जस्ती नख्खु कारागार ल्याइएको भन्दै आलमले रौतहट स्थानान्तरणका लागि कांग्रेस नेता रामचन्द्र गिरीलाई परिचालन गरेका छन् । गिरीले आइतबार दिउँसो नख्खु का’रागार पुगेर आ’लमसँग भेट गरेका थिए । भेटपछि आलमले का’रागार स्थानान्तरणका लागि हिन्दीमा लेखेको मागपत्र कारागार प्रशासनलाई बुझाएका छन् ।

उक्त मागपत्र का’रागार प्रशासनले कारागार व्यवस्थापन विभागमा पठाएको छ । स्था’नान्तरणका लागि आलमको माग आफ्ना समर्थक भड्काएर मुद्दा प्र’भावित बनाउने खेलअनुसार आएको हुन सक्ने सु’रक्षा निकायको विश्लेषण छ । मागपत्रमा रौतहटका प्रहरीप्रति टिप्पणी गर्दै आ’लमले उनीहरूलाई राम्रो नहुने चेता’वनी दिएका छन् । वो एसपी (भूपेन्द्र खत्री, रौतहट) ने मेरे साथ ग’लत किया, उसका भी बुरा होगा,’ आलमले लेखेका छन् । प्रहरीले आलमलाई भेट्न आउनेमाथि विशेष निगरानी राखेको छ ।

न’ख्खु का’रागार आफ्ना लागि सहज नभएको उल्लेख गर्दै आलमले आफन्त र नातेदारबाहेक अरूलाई भेट्न नदिइएकोप्रति पनि अ’सन्तुष्टि जनाएका छन् । ‘मेरा सारा दोस्त मेरा रिस्ते’दार है,’ उनले लेखेका छन्, ‘यहाँ (रौतहट) सु’रक्षा दिन सकिँदैन भनेर रातारात का’रागार स्थानान्तरण (नख्खु) गरियो, सु’रक्षा दिने काम प्रशासनको हो न कि स्थानान्तरण ।’ असोज २६ मा प’क्राउ गर्न गएका प्रहरीलाई समेत दु’र्व्यवहार गरेका आलमले एसपी खत्री र डीएसपी नवीन कार्कीलाई हत्कडी लगाउने र जिल्ला अशान्त पार्ने ध’म्की दिएका थिए । त्यस क्रममा आलमले आफूलाई प’क्राउ गरिएको प्रतिशोधमा जिल्ला अशान्त पार्ने र त्यसको जिम्मेवारी प्रहरीले नै लिनुपर्ने बताएका थिए ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ।

Facebook Comments
error: Content is protected !!