प्रचण्डको सचिवालयले गर्यो मन्त्रिपरिषद् पुनर्गठनबारे समाचारप्रति खण्डन (विज्ञप्ति)

1 min read

काठमाडौँ ३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा सार्वजनिक भइरहेका समाचारहरुबारे खण्डन गरेको छ । वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका बिषयमा अध्यक्ष प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रकाशित भ्रामक समाचारहरु अनर्गल र भ्रामक रहको भन्दै सचिवालयले विज्ञप्ति निकालेर भ;त्सर्ना समेत गरेको छ । विज्ञप्तिमा भनिएको छ।

हाम्रो पार्टी नेतृत्वमा रहेको वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका विषयमा अध्यक्ष कमरेड प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रशारित÷प्रकाशित अनर्गल र भ्रामक समाचारको हाम्रो सचिवालय घोर भत्सना र खण्डन गर्दछ । मन्त्रिमण्डल फेरबदलको विषय प्रधानमन्त्री केपी शर्मा ओलीकै क्षेत्राधिकारको विषय रहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले बारम्बार जोड दिइरहनुभएको तथ्य सबैमा विदितै छ । पत्रकारिताको सामान्य मान्यताको पनि ख्याल नगरी भएको यस प्रकारको दुश्प्रचारको भ्रममा नपर्न सबैमा आग्रह गर्दछौँ’। प्रचण्ड सचिवालयले सामाजिक सञ्जालमार्फत विज्ञप्ति सार्वजनिक गरेको हो ।

Facebook Comments
error: Content is protected !!