जसले ‘अंकल’सँग बिहे गरिन्

1 min read

भिनेत्री करिना कपुरले अभिनेता सैफ अली खानसँग बिहे गरिन्। उनी सैफकी दोस्री श्रीमती हुन्। सैफले यसअघि अभिनेत्री अमृता सिंहसँग बिहे गरेका थिए। अमृता र सैफको सन् १९९१ मा विवाह भएको थियो। त्यतिबेला करिना ११ वर्षकी थिइन्। बालिका करिना सैफ र अमृतालाई शुभकामना

दिन बिहे भोजमा पुगेकी थिइन्। उनले सैफको वैवाहिक जीवनको शुभकामना दिँदै भनेकी थिइन्, ‘अंकल, बिहेको बधाई !’ कालान्तरमा उनै ‘अंकल’सँग करिनाले बिहे गरिन्, सन् २०१२ मा। उनीहरूको एक जना छोरा छन्, तैमूर। एक अन्तर्वार्तामा करिनाले एउटा शर्तमा सैफसँग बिहे गरेको बताएकी थिइन्। उनले सैफसँग बिहेपछि पनि आफूले काम गर्ने शर्त राखेकी थिइन् र सैफले स्वीकार गरे।

दिलवरमा निधिको धमाका
मुम्बई : भोजपुरी अभिनेत्री निधि झा अहिले दर्शकका लागि पहिलो रोजाइमा परेकी छन्। निधिको जोडी भोजपुरी फिल्ममा सुपरस्टार पवन सिंह, अरविन्द अकेला र खेसारीलाल यादवसँग निकै जम्ने गरेको छ। उनी भोजपुरी फिल्ममा काम गर्नुअघि टीभी सिरियलमा काम गर्थिन्। भोजपुरी इन्डस्ट्रीमा निधिले आफ्नो खास परिचय बनाएकी छन्। निधिको हट, सेक्सी अनि बोल्ड भिडियो सोसल मिडियामा छाइरहेको हुन्छ। निधिको हट गीत ‘पलंग पाटी छोड के निचे आब’ युट्युबमा ट्रेन्डिङमा छ।

साथै ‘क्रेक फाइटर’ फिल्मको गीत ‘ढिबरी में रहुए ना तेल’ सुपरस्टार पवन सिंहसँग र ‘गर्मी बा देहिया’ मा अरविन्द अकेलासँग उनको जोडी जमेको छ। निधिलाई युट्युब सेन्सेसन पनि भनिन्छ। अहिले निधिको ‘दिलवर’ फिल्मको गीत सोसल मिडियामा भाइरल छ। यो गीतमा निधिको साथमा रोमान्स गर्दै अरविन्द अकेला उर्फ कल्लुआ देखिएका छन्। यो गीतमा निधि साडीमा निकै सेक्सी देखिएकी छन्। एजेन्सी

Facebook Comments
error: Content is protected !!