नारीको जिन्दगी मुहानको जल..,नदीको पानी हो : हिमानी शाह

1 min read

नारीको जिन्दगी मुहानको जल..,नदीको पानी हो : हिमानी शाह ! सुन्दरता र शालिनताका कारण पूर्वयुवराज्ञी हिमानी शाह नेपाली*हरुमाझ सदावहार रुपमा चर्चामा आइरहने पात्र मध्येकी एक हुन् । पूर्व युवराज्ञी, पारसकी श्रीमती, लगायतका उपमाहरु उनका अगाडी ओझेल पर्छन् कारण हो उनको मन्द मन्द मुस्कान सहित बोल्ने बानी । ४३ वर्षको उमेरमा पनि उमेरमा जस्तै सुन्दर यि ३ सन्तान*की आमा अग्लो सिलित्त परेको जीउडाल, गोरो लाम्चो अनुहार र त्यसमा विशेष गरी बुनिएको बब शैलीको केस सारीमा पूर्वयुवराज्ञी हिमानी शाह परीझैँ देखिन्छिन् भन्दा फरक नै पर्दैन ।

राजस्थानको पूर्वराजधिरा*सँग सम्बद्ध भएपनि काठमाडौँमा जन्मिएर यही हुर्किएकी सदाबहार सुन्दरी हिमानी*को शालिनता पहाड जस्तै अग्लो नै छ । उनै हिमानी फेसबुक स्टार्टसको आजभोली खुब चर्चा हुने गरेको छ। सामाजिक सञ्जाल फेसबुकमा प्राय एक्टीभ रहने उनले दिनौं जसो स्टार्टस पोष्ट गर्छिन र उनका स्टार्टस जहिले गहकीला हुन्छन। उनले स्टार्टसमा लेखेकी छिन :

– नारीको जिन्दगी मुहानको जल नदीको पानी हो .
– यदि तपाईले फोहोर मिलाउनु भयो भने नालाको पानी भएर जान्छ.
– सुगन्ध मिलाउनु भयो भने पवित्र गंगाजल बन्छ.
– त्यसैले यो ज्ञात हुन जरुरी सबै नारी र पुरुष दुवैलाई.
– हामी एक अर्काको निर्भर हौ र हामीले आफ्नो स्वार्थ त्यागेर आफ्नो र आफ्नी लाई ध्यान गरौ..!

Facebook Comments
error: Content is protected !!