आहा कति मिलेको : पुर्वराजा ज्ञानेद्र डान्स गर्ने हिमानी हुटिङ्ग गर्ने हेर्नुस् भिडियो-सेयर गर्नुहोस्

1 min read

काठमाडौँ। पूर्व राजा ज्ञानेन्द्र शाह नाँचेको एउटा भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनी शनिवार राति वुहारी हिमानी तथा छोरी र नातिनीलाई लिएर ठमेल स्थित एक नाइट क्लवमा गएका थिए । त्यहाँ उनले सर्वसाधारण नागरिक सरह निकै मनोरञ्जन गरे । नाइटक्लवमा रातो र चन्द्र सुर्य गीतमा नाचे, समर्थक र सर्वसाधारणसंग झुमे । सबैसंग हात मिलाउँदै सेल्फी खिचे । उनले गरेका यस्ता कृयाकलापको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सो भिडियो हेरेर सर्वसाधारणले मिश्रित प्रतिकृया जनाईरहेका छन् । अधिकांसले सकारात्मक प्रतिकृया दिएका छन् । शनिवार राति भएको सो कृयाकलापको भिडियो आइतवार विहान उज्यालो नहुँदै भाइरल भइसकेको थियो । छोरी प्रेरणा र बुहारी हिमानीका साथमा रहेका पूर्व राजा ज्ञानेन्द्र लर्ड अफ ड्रिङ्स (एलओडी) मा नाचेको भिडियो भाइरल भएको हो । पहिला सुटमा देखिएका पूर्वराजा ज्ञानेन्द्र केहीबेर नाचे पछि फेरी सर्टमा देखिन्छन् । उनको भिडियोमा पूर्व राजा ज्ञानेन्द्र विन्दास पारामा नाँचेको देख्न सकिन्छ ।

मन्द मन्द मुस्कान दिँदै दर्शक तर्फ हेर्छन । फ्लाइगं किस पनि दिन्छन् । अगाडी रहेका समर्थकले हुटिगं गर्छन । ससुराले गरिरहेको यस्तो कृयाकलाप हेर्दै हिमानी परवाट मुस्कुराउँछिन् । पूर्वराजासंग नातिनी र छोरी पनि संगै हुन्छन् । भिडियोमा पूर्व राजा बालकुनीमा नाँचिरहेको देखिएको छ । ढाका टोपी कोट र पाइन्टमा रहेका पूर्व राजा नाँचिरहँदा तल बसेका सर्वसाधारणले हुँटिङ गरिरहेका भिडियोमा देख्न सकिन्छ । केही बेर नाँचेपछि उनले तल रहेका सर्वसाधारणलाई फ्लाइङ किस दिन्छन् भने नमस्कार गर्दै अभिभादन गर्छन् ।

केहीबेर पछि उनी पनि तल झरेर सर्वसाधारणसंग सेल्फी लिँदै हल्लिन्छन् । हात हल्लाउँदै नाचिरहेका उनी बेलाबेलामा तल रहेका मानिसलाई नमस्कार गर्छन् भने बेलाबेलामा हात हल्लाउँछन् । उनलाई छुन र नमस्कार गर्नेको बाक्लो क्रेज रहेको हुन्छ । त्यसक्रममा त्यहाँ भेला भएका केही युवतीसँग हात समाएरसमेत पूर्वराजा नाँचन् । अंगालो मार्छन्, सेल्फी खिच्नेको लागि समय दिन्छन् ।

Facebook Comments
error: Content is protected !!