१५ सय कै’दीको भीडमा नख्खु कारागारमा दिन काट्दै आलम !

1 min read

काठमाडौं। रौतहटको राजपुर बमकाण्डका आरोपी नेपाली कांग्रेसका नेता तथा संघीय सांसद महमद अफ्ताव आलमलाई हाल राजधानीको न’ख्खु का’रागारमा १५ सय कैदीसँगै राखिएको छ । रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएलगत्तै आलमलाई रातारात नख्खु का’रागार ल्याइएको थियो ।

नख्खु कारागार प्रशासनले आलमलाई सामान्य कै’दीलाई जसरी नै राखिएको जनाएको छ । नख्खु का’रागारका प्रमुख सुरेन्द पौडेल आलमलाई कुनै अत्तिरिक्त सेवा सुविधा नदिइएको बताउँछन् । ‘यो का’रागारमा १५ सय कैदीबन्दी छन् । तीमध्ये आलम पनि एक हुन् । सामान्य कैदीलाई जसरी राखिन्छ, त्यसरी नै राखिएको छ,’ का’रागार प्रमुख पौडेलले राजधानीसँग भने ।नख्खु कारागारमा तीन बन्दीगृह छन् ।

प्रत्येक बन्दीगृहमा ५ सयका दरले कैदीलाई व्यवस्थापन गर्दै आइएको का’रागारले जानकारी दिएको छ । बन्दीगृहभित्र कैदीलाई ५ देखि ७ जनाको समूहमा राख्ने गरिएको छ । आलमलाई पनि ५ देखि ७ जना रहने कोठामा राखिएको छ । जुन समूहमा खाली हुन्छ, सोहीअनुसार कैदीलाई स्थान उपलब्ध गराउने गरिएको छ । दुई दिनको जेल बसाइमा आलमले कुनै शं’का’स्पद व्यवहार नदेखाएको का’रागार व्यवस्थापनले जनाएको छ । कारागारले कैदी भेट्न १० देखि ४ बजेसम्मको समय छुट्टाएको छ । याे खबर राजधानी दैनिकमा छ ।

Facebook Comments
error: Content is protected !!