ठमेलको नाइटक्लबमा पूर्वराजा ज्ञानेन्द्र र हिमानीको डान्स हेर्नुहोस् तस्बिर र भिडियोमा !

1 min read

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले प्रायः युवाहरू मात्र पुग्ने ठमेलस्थित एक नाइट क्लब पुगेर सबैलाई सप्र्राइज दिएका हुन्।शाह ठमेलको चर्चित क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) पुगेका हुन्। पूर्वराजा शाह एलओडीमा पुग्दा त्यहाँ उपस्थित युवाहरू आश्चर्यचकित बनेका थिए।रातो र चन्द्र सूर्य गीतसँगै नाचेर पूर्वराजा शाहले अर्को सर्प्राइज पनि दिए। पूर्व राजा शाहले त्यहाँ उपस्थित युवाहरूसँग तस्बिर र सेल्फी पनि खिचाएका थिए।पूर्वराजा ज्ञानेन्द्र शाह नाइट क्लबमा झण्डै मध्यरातमा गएर केही घण्टा बिताएर फर्किएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र गएको शनिबार राति ठमेलमा रहेको एलओडी (लर्ड अफ ड्रिङ्क्स) लाउन्जमा पूर्वयुवराज्ञी हिमानीसहित साथीहरुसँग गएका हुन् ।पूर्वराजा शाह, हिमानी र प्रेरणासहितको टोली राति साढे ११ बजेतिर लाउन्जमा पुगेको थियो । उनीहरु झण्डै राति एक बजे फर्किएको लाउन्जका सञ्चालकले जानकारी दिएका छन् ।शाह पूर्व जानकारी बिना नै अचानक आएको र केहीबेर नाचेको पनि सञ्चालकले बताए । हिमानी तथा प्रेरणासँग नायिकाहरु केकी अधिकारी र रिमा विश्वकर्माले तस्बिर समेत खिचाएका छन् ।

Facebook Comments
error: Content is protected !!