ओलीले मिर्गौला प्रत्यारोपण गर्ने समय ५ महिना लाग्ने भएपछि, कार्यवाहक प्रधानमन्त्री र कार्यकारी अध्यक्ष दिदै !

1 min read

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको मि’र्गौला प्रत्यारोपणबारे चिकित्सकसँग परामर्श भइरहँदा नेकपाको उच्च तहमा पार्टी र सरकारको जिम्मेवारीबारे पनि छलफल चलिरहेको छ । प्रत्यारोपणको विकल्प रोज्दा कम्तीमा तीनदेखि पाँच महिना पूर्ण रूपमा आ’राममा बस्नुपर्ने भएकाले ओ’लीले जि’म्मेवारी पनि ह’स्तान्तरण गर्न थालेका हुन् । प्रारम्भिक सहमति भएपछि यो विषयमा सचिवालयबाटै निर्णय गर्ने तयारी छ । ५ भदौमा ओली सिंगापुर जाँदा बसेको सचिवालय बैठकले अ’ध्यक्षका रूपमा कार्यकारी अधिकार प्रचण्डलाई दिएको थियो ।

अर्का वरिष्ठ नेता झलनाथ खनालको वरीयताको मुद्दा सम्बोधन गरेका ओलीले नेता वामदेव गौतमलाई मनाउन कास्कीबाट निर्वाचन लड्नसमेत जोड दिएका थिए । त्यति मात्र होइन, उनले गौतमलाई राष्ट्रिय सभा सदस्य बन्नसमेत आग्रह गरेका छन् । गौतमसँगै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि राष्ट्रिय सभा सदस्य बनाउने विषयले नेकपाभित्र प्रवेश पाएको छ । उपप्रधानमन्त्री तथा र’क्षामन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिने ओलीको तयारी छ । ओली स्वा’स्थ्य उ’पचार र विदेश भ्र’मणमा रहेका वेला पोखरेलले नै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पनि सम्हा’ल्ने गरेका छन् । नयाँ पत्रिका दैनिकमा यो समाचार शुरोजङ्ग पाण्डेले लेखेका छन् ।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने निष्कर्ष
कान्तिपुर दैनिकका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको ग्रान्डी इन्टरनेसनल हस्पिटलमा शनिबार हेमोडायलसिस गरिएको छ । क्रियाटिनिनको स्तर नि’यन्त्रित गर्न गरिएको हो । ६७ वर्षीय प्रधानमन्त्रीको मूत्र नली (युरेटर) अर्थात मुत्रा’शय र मृ’गौला बिचमा राखिएको स्टेन्ट समेत शनिबार नै निकालिएको छ । अस्पतालको युरोलोजी विभागका अध्यक्ष प्रा।डा।प्रेमराज ज्ञवालीको नेतृत्वमा करिव १० मिनेट लगाएर उक्त स्टेन्ट झिकिएको हो । स्टेन्ट झिक्दा प्रधानमन्त्रीलाइ नदुखोस् भनेर ‘एनेस्थेसिया’ को समेत उपयोग गरिएको थियो । अस्पतालमा प्रधानमन्त्रीको क्रिाटिनिनको स्तर, इलेक्ट्रोलाइटको स्तर, रेनल फंग्सन टेस्ट (मि’र्गौलाको कार्य प्रणाली सम्वन्धी परिक्षण) लगायतका प’रिक्षण गरिएको थियो ।

‘पि’साबको प्रवाह धेरै राम्रो भएको छ’, डा.पाण्डेले भने, ‘उहाँको स्वा’स्थ्य स्थिति राम्रो छ ।’ गत साउनमा प्रधानमन्त्रीको र’गतमा क्रिएटिनिनको स्त’रमा वृद्घि भएपछि मि’र्गौलाको स’मस्याको आकलन गर्दै उ’पचार थालिएको हो । मि’र्गौलासँग सम्बन्धित स’मस्या देखिएपछि सैनिक अस्प’ताल छाउनीमा गत साउनमा उनको स्वा’स्थ्य परी’क्षण गरिएको थियो । चिकित्सकको सुझाव अनुसार उनी थप फलो अपका लागि सिंगापुर गएका थिए । छाउनीमा प्रधानमन्त्रीको नियमित ल्या’ब परीक्षणसहित यूएसजी गाइडेड ‘रेनल बायोप्सी’ समेत गरिएको थियो ।

Facebook Comments
error: Content is protected !!