सन्दिपकाे उत्कृष्ट प्रदर्शन गरेकाे खेलमा उनकाे टिम भने प’राजित

1 min read

आबुधावीमा जारी टी १० क्रिकेट लिगमा नेपाली खेलाडी सन्दिप लामिछानेले दुई विकेट लिएका छन । पहिलो खेलमा एक विकेट लिएका उनले दुई ओभरमा नौ रन दिएर दुई विकेट लिए । पहिलो खेलको पहिलो बलमा नै विकेट लिएका सन्दिपले प्रतियोगिताको दोस्रो खेलमा दोस्रो बलमा नै वि’केट लिए । उनले बंगला टाइगर्सका आन्द्रे फ्लेचरलाई ४० रनमा आउट गरे । उनले पहिलो ओभरमा ६ रन दिए ।

दोस्रो ओभरमा उनको बलिङमा कोलीन इन्ग्राम रनआउट भए । त्यसको दोस्रो बलमा नै उनले थिसारा परेरालाई तीन रनमा आउट गरे । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्नाटकाले १० ओभरमा एक विकेट गुमाउँदै रन बनायो । उसका लागि जोनसन चाल्र्सले ५७ तथा कप्तान हसीम अमलाले ३९ रन बनाए । सन्दिपको टिमको जारी प्रतियोगितामा दोस्रो खेल हो । यसअघि उसले पहिलो खेलमा पनि जित निकालेको थियो ।तर उनको टिम भने ५ किकेटले पराजित भयो । प्रतियोगितामा कर्नाटकाको दोस्रो खेलमा पहिलो हार हो ।

Facebook Comments
error: Content is protected !!