भारतले मिचेको नेपाली सिमानामा झन्डा गाड्न जाँदा भारतीय एसएसबीले रोकेपछि, नेपालीले खुकुरी निकाल्नु पर्यो भनेपछि एसएसबी भागे हेर्नुहोस भिडियो

1 min read

भारतले अतिक्रमण गरेको पूर्वी नेपालको सन्दकपुर क्षेत्रमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले आज नेपालको झण्डा गाडेको छ । इलामको सन्दकपुर गाउँपालिका–४ मा भारतले अतिक्रमण गरेको भूमिमा अनेरास्ववियु इलाम जिल्ला कमिटीले राष्ट्रिय झण्डा फहराएको हो ।

पर्यटकीय क्षेत्र सन्दकपुरमा गाउँपालिकाले ‘भ्यू टावर’ निर्माण गर्ने क्रममा भारतले सो क्षेत्र अतिक्रमण गरेको थियो । त्यसपछि भारतले भ्यू टावर निर्माणमा अवरोध गर्दै आएको छ । अतिक्रमित भूमिमा अनेरास्ववियुले राष्ट्रिय झण्डा फहराउन खोज्दा भारतीय सीमा सुरक्षा बलसँग सामान्य विवाद भएको अनेरास्ववियुका नेता आरसी लामिछानेले जानकारी दिनुभयो ।

केही समय अगाडि गाउँपालिकाले निर्माण सुरू गरेको भ्यु टावरलार्इ निर्माण अवरूद्ध गरि भारतले कव्जा गरेको थियो । सो कव्जा गरेको जमिनमा अनेरास्ववियूले नेपालीको राष्ट्रिय झन्डा फहराउन खोज्दा भारसीय सिमा सुरक्षा वल (एसएसबी)ले वल प्रयोग गरेपछि (एसएसबी) अनेरास्ववियूका विचमा सामान्य झडप समेत भएको थियो । अनेरास्ववीयुका नेताहरूले खुकुरी ले भन्दै गर्दा एसएसबीका जवान भागेका थिए ।

झडपमा सिमा सु’रक्षा वल (एसएसबी)का एक जवान सामान्य घाइते भएका छन ।अनेरास्ववियुका नेता रबिन्द्र सुवेदीको नेतृत्वमा गएको टोलिले भारतद्वारा निसेधित क्षेत्र भनिएर लेखिएको वोर्ड समेत भत्काएर फ्याकिदिएका छन । कव्जा गरिएको जमिनमा राष्ट्रिय झन्डा फहराएपछि विधार्थीहरूले नाराजुलुस पनि गरेको अनेरास्ववियूका नेता आरसि लामिछानेले जानकारी दिनुभएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) को नेतृत्वमा नेपाली राष्ट्रिय झन्डा फहराउन सन्दकपुर पुगेको टोलीलाई एसएसबीले अवरोध गर्न खोज्दा झडप भएको अनेरास्ववियु केन्द्रीय सदस्य रवीन्द्र सुवेदीले बताए। ‘शान्तिपुर्ण कार्यक्रमका लागी पुगेका विद्यार्थीहरुलाई एसएसबीले सन्दकपुरको भ्यु–पोइन्ट प्रवेश गर्न नदिएपछि झडप भएको हो’ उनले भने, ‘एसएसबीले निषेधित भनेर राखेको बोर्डसमेत विद्यार्थीले भत्काएर फ्याँकिदिएका छन ।’ सुवेदीको नेतृत्वमा भारतद्वारा अतिक्रमित भूमिमा नेपाली राष्ट्रिय झण्डा फहराउन शुक्रबार ३० जनाको संख्यामा अखिलको टोली सन्दकपुर पुगेको थियो।

Facebook Comments
error: Content is protected !!