काठमाडौँ। डेटिङ प्लान गर्नलाई पुरुष मात्र अगाडि छन भन्ने बिचार गर्नुभएको छ भने तपाई विल्कुलै गलत हुनु भएको छ । डेटिङ प्लान अव केटाहरुको मात्र काम भएन केटिहरुको सक्रियता बढेको एउटा अनुसन्धानले देखाएको छ । त्यसमा पनि अनलाइन डेटिङ प्लानमा महिला सक्रिय भएको अनुसन्धानले देखाएको छ । डेटिङ एप इडीमेडलीले गरेको एक अनुसन्धानमा ४६ प्रतिशत महिला डेटिङ प्लान गर्नमा खुशि देखिन्छन भने ६२ प्रतिशत पुरुषहरु, इडीमेडलीका सिइओ सचिन भाटियाले भने हामिले खोज गर्दा पायौ कि जव अनलाइन डेटिङको कुरा आउँदछ त्यहा पुरुष भन्दा पनि महिला बढि सक्रिय रहन्छन ।
उनीहरुले बढि नै एक्साइटेड भएर पुरुषहरुसंग बातचित गर्नें गरेको पाइयो । अझ भन्नु पर्दा महिलाहरुबाटै बातचितको शुरुवात हुने गरेको समेत पाइयो । अनुसन्धानबाट के थाहा हुन आएको छ भने ५३ प्रतिशत महिला अहिले पनि आफ््नो करियर भन्दा राम्रो सम्वन्ध खोज्दछन ४८ प्रतिशत महिलाहरु यो भन्छन कि उनीहरु पुरुषहरुको बुद्वि पहिला हेर्छन र लुक्सपछि । ४७ प्रतिशत पुरुष र ४८ प्रतिशत महिलाहरु आफ्नो पार्टनरसंग फेशबुक पासवर्ड शेयर गर्ने गरेको पनि अनुसन्धानबाट जानकारी प्राप्त भएको छ ।-एजेन्सी