नेपालद्वा’रा ‘हङकङ ४० रनले प’राजित !

1 min read

काठमाडौँ। नेपालले बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा पहिलो जित निकालेको छ । ढाकामा शनिबार भएको खेलमा हङकङलाई ४० रनले प’राजित गर्दै नेपालले पहिलो जि’त निकालेको हो । नेपालले दिएको २ सय १८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हङकङले ४५ ओभर ५ बलमा अलआउट हुँदै १ सय ७७ रन मात्र बनाउन सक्यो । हङकङका किन्चिट शाहले ५३ रनको अ’र्धशतकीय इनिङ्स खेलेपनि हङकङलाई जि’त दिलाउन सकेनन् । हङकङलाई सस्तैमा रोक्न नेपालका करण केसी र अविनास बोहराले ३/३ विकेट लिए ।

सुशन भारीले २ विकेट लिए । यस अघि टस हा’रेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा अलआउट हुँदै २ सय १७ रन बनाएको थियो । शरद भेषवाकरले अर्धशतकीय इनिङ्स खेल्दै नेपालको इनिङ्स उकासेका थिए । शरदले ८९ रन बनाए । हङकङका मोहमद अजिज खानले ३ विकेट लिए । यस्तै नस्रुलाह राना र एहसान नवाजले २/२ विकेट लिए । जितसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना कायम रहेको छ ।

Facebook Comments
error: Content is protected !!