काठमाडौं । प्रेस काउन्सिल नेपालका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठ र टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’का निर्माता दीपक बोहराबीच टकराव सुरु भएको छ । उनीहरुबीच भएको टेलिफोन वार्ताको अडियो युट्युबमार्फत सार्व जनिक भएपछि न्यूज २४ टेलिभिजनका दीपकले श्रेष्ठलाई लुकेर होइन आमने सामने भएर अन्तर्वार्ता गर्न चु*नौती दिएका हुन् । व्यक्तिगत कुराकानीलाई श्रेष्ठले सार्वजनिक गरेको भन्दै दीपकले आक्रोश पोखेका छन् ।सामाजिक सञ्जाल फेसबुकमार्फत दीपकले किशोरलाई दिएको चु*नौती जस्ताको तस्तै :
किशोर श्रेष्ठ दाईले करिब ६ महिना पुरानो ब्यक्तीगत कुराकानीको अडियो सर्बजनिक गर्नु भएछ। अनुसन्धान मा रहेको भिडियो त हात पार्न सक्ने पावरफुल किशोर श्रेष्ठलाई मेरो नितान्त पर्सनल कलको रेकर्ड सार्वजनिक गर्दा के कानुन लाग्थ्यो र?उहाले चाहने हो भने त उल्टो मै जेल जान सक्छु। किशोर दाई, मैले विवाद अन्त्य गर्न सकिन्छ कि भनी आशय बुझ्न कुराकानी गर्दै किन पर्सनल जिन्दगीमा प्रहार गर्नु हुन्छ भनेर सदासयता राखी गरिएको कुराकानी हो त्यो।जहाँ मैले धेरै तपाईंको सुनेको रहेछु,थोरै आफ्नो भनेको रहेछु।जिस्केर जागिर नै दिनुस न समेत भनेको रहेछु।
प्रेस काउन्सिलको का.बा.अध्यक्ष जस्तो पदमा आशिन मान्छेलाई यस्तो पर्सनल कल समेत ह*तियार बन्दो रहेछ। त्यो कुराकानी तपाईंको अन्तरवार्ता वा अफिसियल वार्ता थिएन जुन तपाईंले सार्वजनिक गर्नु भयो।सार्व जनिक नै गर्ने भए आउनुस,म सङ अन्तर्वार्तामा सहभागी हुनुहोस्। आधिकारिक अन्तर्वार्ता गरौ। किन चोरेर झुक्याएर रेकर्ड गरिएको अडियो कलको शाहारा लिनु हुन्छ।अनुसन्धानको भिडियो ह*त्याउने, प्राईभेट कल सार्वजनिक गर्ने जस्तो नै तपाईंको परिचय हो भने भन्नू केही छैन। होईन भने लुकेर होइन खुलेर आमने सामने अन्तर्वार्ता गरौ