धानमन्त्रीका प्रेस सल्लाहकारमा नेकपाका केन्द्रिय सदस्य तथा प्रचार विभाग उपप्रमुख सुर्य थापा नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई प्रेस सल्लाहकारमा नियुक्त गरेको हो। त्यसैगरी आजैको बैठकले प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा लालशंकर घिमिरे र विकाश बिज्ञमा गजेन्द्र थपलिया नियुक्त गरेको छ। राजिनामा दिएका ११ मध्ये प्रधानमन्त्री केपी शर्मा ओलीले ६ जनाको राजिनामा स्वीकृत गरेका छन। बाँकी अन्य ५ सदस्य राजेश वज्राचार्य, परराष्ट्र सल्लाहकार राजन भट्टराई, आईटीविज्ञ अस्गर अली, स्वकीय सचिव इन्द्र भण्डारी र फोटोग्राफर कृष्ण पौडेल पूर्ववत जिम्मेवारीमा फर्केका छन।
Facebook Comments