किन भइरहेको छ नेपालमा जाेसियलकाे बिराेध ?

1 min read

के हो त जोसियल

बेलायतमा कम्पनि रजिस्टर गरिएको जोसियल नामक डिजिटल बिज्ञापन कम्पनीले विश्वभरिको फेसबुक जस्ता सामाजिक संजाल प्रयोग कर्तामा खुशीको लहर छाईरहेको छ। यस कम्पनीको सस्थापक जेमी मार्च ( बेलायति नागरिक ) हुनुहुन्छ। उहाले आज भन्दा १३ बर्ष पहिले नै यस प्लाटफर्म बारे गहिरो अनुसन्धान गरि सामाजिक संजालबाट नै दुनिया भरका सोसियल मिडिया प्रयोग कर्तालाई राम्रो आम्दानी गर्न सकिने घोषणा गरि बेलायतको सम्पूर्ण कानुनको अधिनमा रहेर कम्पनि दर्ता गरिएको छ। विभिन्न खोज , अनुसन्धान , अनुभब , मूलाकात आदिबाट सफलता पाइसके पछि , बल्ल सन् २०२० मा यस कम्पनि पब्लिक रुपमा कार्य गर्न शुरुवात गरियो। कम्पनीको भनाई अनुसार अहिले सम्म विश्वको २०० भन्दा बढी देशमा लगभग ६० लाख भन्दा बढी मानिसहरु जोडिसकिएको र यस कोरोना कहरको समयमा लाखौको घरमा खुशियाली छाएको जानकारी आएको छ।

जोसियल: समाचार, भ्रम र यथार्थ
पछिल्ला दिनहरूमा नेपालमा एक बिदेशी कम्पनीले सोझासाझा नेपालीहरुलाई ठगी गरेको समाचारले केही अनलाइन पत्रिकामा स्थान पाएको र युट्युब तथा टिकटमा पनि यस सम्बन्धमा थुप्रै भिडियोहरु सार्वजनिक भएको यथार्थ सबै माझ छर्लङ्ग छ। साथै नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय; वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले केही दिन अघि मात्र एउटा सूचना प्रकाशित गरी जोसियल लगायतका केही विदेशी कम्पनीले सोझासाझा नेपालीहरुलाई ठगी गरेको भन्दै ठगीन बाट जोगिन सुझाव दिंदै यस्तो कार्य गर्ने गराउने दुबैलाई जरिवाना तथा कैद सजाय हुने जनाएसंगै नेपालमा अहिले एउटा तरंग पैदा भएको छ। यसै सन्दर्भमा आज जोसियल के हो र के वास्तवमै यसले जनताहरुलाई ठगी नै गरेर पूंजी पलायन गरेको छ त? भन्ने विषयमा छोटो चर्चा गरौं।

के हो त जोसियल?
यो एउटा बेलायतमा दर्ता भएको र विश्वका २०० भन्दा बढी मुलुकमा वेब बेस मोडलमा विभिन्न विश्व प्रसिद्ध कम्पनीले उत्पादन गरेका विभिन्न प्रोडक्ट हरुको सामाजिक सञ्जाल प्रयोगकर्ता मार्फत सामाजिक सञ्जालमा (हाल फेसबुक मार्फत ) विज्ञापन गराएर सो बापत केही रकम प्रदान गर्ने काम गरिरहेको कम्पनी हो। यसले आफूलाई इन्फ्लुएन्सर मार्केटिङ कम्पनी जनाएको छ, जसको काम जनताहरुलाई विभिन्न प्रोडक्ट हरू बारेमा विज्ञापन गराएर विभिन्न ब्राण्डका सामानहरूको मार्केटिङमा सघाउ पुर्याउनु रहेको देखिन्छ। जसबाट सामाजिक सञ्जालका प्रयोगकर्ताले आफूले ती प्रोडक्ट हरुको को विज्ञापन आफ्नो फेसबुक मार्फत गरे वापत केही रकम प्राप्त गर्ने गर्दछन्।

यो कम्पनीले यसरी विज्ञापन पोस्ट गरेर आम्दानी गर्नको लागि केही रकम लिने गरेको पाइन्छ। जसलाई कम्पनीले सब्स्कृव्सन शुल्क भन्दछ,यो कुनै लगानी नभएको र फिर्ता नहुने भन्दै यो शुल्क तिरे वापत व्यक्तिले आफूले आफ्नो फेसबुक मार्फत विज्ञापन गर्न पाउने र तिरेको रकम भन्दा धेरै गुणा बढी रकम आर्जन गर्न सक्ने जनाएको छ। रकम डलरमा लिने र दिंदा पनि डलरमा नै दिने गरेको पाइन्छ।

यसै गरी जोसियलमा जोडिएर काम गर्नको लागि न्यूनतम ६० डलर देखि अधिकतम २४०डलर प्रति वर्ष लिने गरेको पाइन्छ जुन रकम नेपाल सरकारको नीति अनुसार एउटा व्यक्तिले आफ्नो खाता भएको बैंक बाट लिन पाउने डलर कार्डबाट प्रति वर्ष खर्च गर्न पाउने रकमको सिमाभित्र नै पर्छ। यसरी हेर्दा जोसियलले देसको पूंजी पलायन गरेको भन्न मिल्ने देखिंदैन। त्यसैगरी यसबाट हरेक व्यक्तिले आफूले सब्सक्राइब गरेको रकम भन्दा धेरै गुणा बढी रकम आर्जन गर्न सक्ने हुंदा उल्टै विदेशी रकम नेपाल भित्रिने देखिन्छ।

के यो समाचारमा उल्लेख गरिएजस्तै पोन्जी स्किम, एमएलएम वा पिरामिड शैलीको नेटवर्किङ हो त?
झट्ट हेर्दा जोसियलको सिस्टम नेटवर्किङ जस्तो देखिन्छ तर यसको गहिराइ सम्म पुगेर अध्ययन गर्दा यो कम्पनीको सिस्टम यसपूर्व नेपालमा आएर लाखौं नेपालीहरुलाई ठगी गरेर भागेका अन्य कम्पनीहरु संग मेल नखाने देखिन्छ। किनभने,यो कम्पनीमा आवद्ध हुने जो कोहीले पनि आफ्नो सिस्टममा एक जना पनि नजोडिकनै पनि कमाउन सकिन्छ तर नेटवर्किङ कम्पनीमा यस्तो हुंदैन।

नेटवर्किङ कम्पनीमा सदस्य नजोडेको अवस्थामा कमाउन सकिंदैन भने यसमा सदस्य बनाउनु अनिवार्य छैन। फेरि जोसियलमा आवद्ध भएर काम गर्दा कसैले कुनै पनि सामान विक्री वितरण गर्न पर्दैन। न त आफ्नो फेसबुक वालमा पोष्ट गरेका विज्ञापन मा कुनै लाइक, कमेन्ट गर्नु नै आवश्यक हुन्छ। यसप्रकार हेर्दा, यसलाई MLM कम्पनीको रुपमा पनि हेर्न मिल्दैन। त्यसैगरी, नेपालमा केही समय यता वस्तुको प्रत्यक्ष विक्री वितरण गर्ने गरी लाइसेन्स लिएर काम गरिरहेका कम्पनीले जस्तो जोसियलले कुनै सामान अनावश्यक महंगो मूल्यमा बिक्री वितरण गर्दै जनतालाई ठगी गरेको पनि देखिंदैन।

नेपालमा यो बैध कि अबैध?
नेपालमा अहिले जोसियलमा आवद्ध भएर काम गर्ने करिब ४० देखि ५० हजार प्रयोगकर्ता साथै काम गर्ने सोच बनाएकाहरूले यो कम्पनीको बैधानिकता माथि उठेको पेचिलो प्रश्नको उत्तर खोजिरहेका छन् साथै काम गर्न के गर्ने भनेर अलमलमा परेको देखिन्छ।यस सम्बन्धमा कुरा गर्दा हामीहरूले बुझ्न जरुरी कुरा के छ भने कुनै पनि नवीन काम तथा प्रोजेक्ट कुनै पनि मुलुकमा आउंदै गर्दा त्यस सम्बन्धी नीति, नियम र कानुन पहिले नै बनिसकेको नहुने भएकाले त्यो दोस्रो चरणमा पर्दछ र त्यो बनाउने काम राज्यको हुन्छ। यसर्थ नयाँ इनोवेटिव तथा डिस्रप्टिव मोडलमा उपलब्ध यसप्रकारका प्रोजेक्ट हरुलाई अध्ययन गरी आवश्यक नीति नियम बनाएर कानुनी दायरामा ल्याउने काम राज्यले यथासिघ्र गर्नु पर्ने हुन्छ। जसबाट धेरै नेपालीले रोजगार प्राप्त गर्ने तथा राज्यले कर प्राप्त गर्ने हुंदा सबैलाई फाइदा नै हुन्छ।

Facebook Comments Box
error: Content is protected !!