कोरियन भाषामा १ नम्बरले फेल, लोकसेवा पास गरेर बने बैंकका हाकिम, दिए यस्ता टिप्स

1 min read

रामबहादुर खत्री (२५) लाई यो सफलता हासिल गर्न जम्मा पाँच महिना लाग्यो । उनी अहिले राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत छन् । यो सफलता चुम्न उनले त्यो पाँच महिना कुन तहको कठिन मेहनत गरे भन्ने कुरा बुझ्न उनको दुई शब्द नै काफी छ । त्यो हो ‘कुर्चीमै निदाउथे’ । यसबारे तल चर्चा गरिनेछ। कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ३ कुचैनीमा राम खत्रीको घर छ । बुवा शिक्षक थिए ।

बीचमै जागिर छुट्यो । प्लस टू को पढाई सकेका खत्रीको त्यसपछि बिसिए (ब्याचलर इन कम्प्यूटर एप्लिकेशन) पढ्ने इच्छा पूरा हुन कठिन भयो । वार्षिक साढे ३ लाख कलेजमै बुझाउनु पर्ने, उनी एक लाख बोकेर सदरमुकाम धनगढी हानिए, जागिर र पढाई सँगै गर्ने सोचका साथ । धनगढीको नाष्ट कलेजमा प्रवेश परीक्षा दिए । ४० जनाको सिटका लागि प्रवेश परीक्षा दिने सयौँ थिए ।

खत्रीले १२ नम्बरमा नाम निकाले । त्यसअघि नै उनले एक फेन्सी पसलमा जागिर सुरु गरिसकेका थिए, तलब थियो महिनाको दुई हजार । घरबाट ल्याएको एक लाख, जागिर गर्दा महिनाको दुई हजारले वर्षको २४ हजार, खत्रीको मनमा चिसो पस्यो । जागिर गर्दा पनि चाहेको पढाई पूरा गर्न नसकिने भएपछि उनले त्यो ईच्छा लत्याए र कैलाली बहुमुखी क्याम्पसमा बिबिएस पढ्न भर्ना भए । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला**

Facebook Comments Box
error: Content is protected !!