लगानीको अवसर , साउन १४ गतेबाट साधारण शेयर बिक्री खुल्ला

1 min read

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले यही साउन १४ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गर्ने भएको छ।यस जलबिधुत कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३६ हजार २८६ कित्ताको ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्न लागेको हो।

निष्काशन गर्न लागेको कुल शेयर मध्ये २% अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५% अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता सर्वसाधारणले लागि आवेदन दिन सक्नेछन्।कम्पनीको यस साधारण शेयरमा सर्वसाधारणले छिटोमा  साउन १८ गते र ढीलोमा साउन २८ गतेसम्म आवेदन दिन सकिनेछ।

यस कम्पनीको शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्ने छन। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट  सि-आस्बा स्वीकृति प्राप्त गरेका बैंक तथा वित्तीय संस्थाहरु तथा मेरो शेयर एपबाट आवेदन दिन सकिनेछ।

Facebook Comments Box
error: Content is protected !!